बर्सातले सडकसहित विद्यालयमा क्ष,ति

डोटी, केही दिनयतादेखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्सातका कारण पहिराले यहाँका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि विद्यालयमा समेत क्षति पु¥याएका निवेदन दर्ता हुने क्रम बढेको छ ।

बर्सातका कारण यहाँका विपीनगर गड्सेरा, सायल, आदर्श, मुडभारा सडकमा चिरा पर्नाका साथै सडकसमेत भत्किएको बताइएको छ ।

समयमै मर्मतसम्भार नगरिए यहाँका गाउँमा सडकमा सवारी साधन चलाउन नसकिने अवस्थामा भएको गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिनुभयो ।

यसै सिलसिलामा तीन÷चार दिनदेखिको लगातारको बर्सातले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माविमा समेत लाखौँको क्षति पुगेको छ ।

बर्सातले पर्खाल भत्ँिकदा विद्यालयमा समेत क्षति पुगेको प्राचार्य इन्द्रबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातले पर्खाल भत्काएको छ, विद्यालय भवनमा समेत चिरा परेको छ, विद्यार्थीलाई पढाउन समस्या हुने स्थिति आएको छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖