नगरका टोलवस्तिमै पुगेर कोरोना परिक्षण

इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ ।

गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो ।

परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिन्छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिन्छ । समूदायमा कोरोना संक्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा वस्दा अपनाउनु पर्ने सावधानीका वारेमा पनि जानकारी दिने गरिएको छ ।

यसैगरि इटहरी रंगशालामा उपमहानगरले विहान ८ वजेदेखि १० वजे सम्म निशूल्क पिसिआर परीक्षण जारी राखेको छ । दिनमा सय वढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शूल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निशूल्क परीक्षण गरिरहेको हो । अहिले परीक्षण गरेकै दिन पनि रिर्पोट आउने गरेको छ स्वास्थ्य शाखाकी पुजा भटटराईले भन्नुभयो “हिजो स्वाव संकलन गरेकै दिन रिर्पोट आयो ढिलो हुदाँ पनि भोलिपल्ट त आँउछ ।

प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाउनका लागि प्रदेश सरकार सँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनुभयो । इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उहाँहरुको स्वास्थ्य अवस्था वुझने र सल्लाह दिने गर्दै आएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गर्नुभएको छ । इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरु सँग जुम छलफल कार्यक्रम समेत गरेको छ ।

इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा संचालन गरेको ५० वेडको अक्सिजन सहितको आइसोलेसनवाट संक्रमित नगरवासीले सेवा लिइरहेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।