निषेधाज्ञा अवधिमा महिला हिं,साका घटना, ४५ प्रतिशत घटना घरभित्रै

काठमाडौँ, कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिं,साका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित दुई हटलाइन, २३ मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्था सञ्चारमाध्यमबाट उक्त घटनाहरु अभिलेखीकरण गरिएका हुन् । सङ्कलित घटनामध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० महिला आफ्नै श्रीमान् र परिवारका सदस्यबाट हिंसा भोग्न बाध्य भएको तथ्याङ्कले देखाउँछ ।

घरेलु हिंसाका घटनामध्ये दाइजो नल्याएको वा कम ल्याएको र छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाइएको, चारित्रिक आरोप लगाइएको, गालीगलौज तथा अपशब्द प्रयोग गरिएको, शारीरिक तथा मानसिक यातना दिइएकोलगायतका छन् ।

यसबाहेक महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरी बेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधाबाट वञ्चित गरी हिंसा गरिएको पाइएको छ । उक्त तथ्याङ्कअनुसार घरेलु हिंसाका घटनामा ७६ प्रतिशत (६८ जना) श्रीमान र २४ प्रतिशत (२२ जना) परिवारका सदस्य संलग्न रहेको देखिन्छ ।

घरेलु हिंसाका घटनाबाहेक यस अवधिमा ४५ बलात्कार, १५ सामाजिक हिंसा, १४ हत्या, पाँच हत्या प्रयास, छ यौनदुव्र्यवहार, चार आत्महत्या, दुई मानव बेचबिखन, दुई बलात्कारको प्रयास र १७ अन्य प्रकृतिका हिंसाका घटना सङ्कलन भएका छन् ।

अन्य प्रकिृतिका घटनामध्ये पारिवारिक स्रोतका अनुसार लैङ्गिक हिं,साका कारणले दुई जनाले आत्महत्या प्रयास गरेका र १५ जनालाई अलपत्र पारिएका घटना रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।

यस विषम परिस्थितिमा तीनै तहका सरकारले न्यून आय भएका जनतालाई राहतको व्यवस्था गर्नुपर्ने, हिं,सापी,डितका लागि सुरक्षाको प्रत्याभूति र उजुरीको सहज व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।