जनप्रतिनिधी र कर्मचारीद्धारा ‘कन्सनटे«टर’ सहयोग

म्याग्दी, म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सनटे«टर उपलब्ध गराएका छन् । जनप्रतिनिधीले पाउने सुविधाबाट आधा महिनाको रकम र कर्मचारीले स्वेच्छिक नगद सङ्कलन गरेर जुटाएको रकमबाट छ थान अक्सिजन कन्सनटे«टर खरिद गरेर बेनी अस्पताललाई उपलब्ध गराएका हुन ।

नगर उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुवेदीले शुक्रबार बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई कन्सनटे«टर हस्तान्तरण गर्नुभयो ।

कोरोना भाइरसबाट सङ्क्रमित भएकाको उपचारका लागि प्रयोग गरिने कन्सनटे«टर महामारी पछि स्वास प्रस्वास सम्बन्धी समस्या भएका अन्य रोगका बिरामीको उपचारमा उपयोग गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जनप्रतिनिधी र कर्मचारीहरुबाट सङ्कलित रकमबाट रु. चार लाख ८० हजार खर्चेर प्रति मिनेट पाँच लिटर क्षमताको अक्सिजन कन्सनटे«टर खरिद गरेर अस्पताललाई उपलब्ध गराइएको बताउनुभयो ।

अस्पताललाई आवश्यक पर्ने थप स्वास्थ्य उपकरण पनि उपलब्ध गराइने उहाँले बताउनुभयो । नगरपालिकाले अस्पतालमा बीस शय्या क्षमताको आइसोलेसन स्थापना गर्न करिब रु. सात लाख खर्च गरेको छ ।

माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेसन सञ्चालन, टोल टोलमा पुगेर लक्षण देखिएकाको स्वाब नमूना सङ्कलन र एन्टिेजेन परिक्षण, सङ्क्रमितलाई अस्पताल र स्वास्थ्य संस्था पुग्न तथा घर फर्कन निःशुल्क गाडीको ब्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितको अवस्था बुझ्न, मनोबल बढाउन र जनचेतना अभिवृद्धिका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोलीले घरदैलो गरेका छन् ।

यसैगरी माउन्ट हर्ट नेपाल संस्थाले शुक्रबार म्याग्दीको मालिका गाउँपालिकालाई रु. १२ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको पहलमा सो सामग्री सहयोग प्राप्त भएको हो ।

त्यसमा सात थान अक्सिजन कन्सन्ट्रेटर, सात थान भोल्टेज रेगुलेटर लगायत सामग्री छन् । माउन्ट हर्ट नेपालले यसअघि बिहिबार मुस्ताङको जोमसोम अस्पताल र पाँच वटा स्थानीय तहलाई दुई÷दुई वटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपकरण लगायत स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।