मोटरसाइकल दु,र्घटनामा नेपाली सेनाका जवानको मृ,त्यु

धनुषा, पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृ,त्यु भएको छ । दु,र्घटनामा एकजना घा,इते भएका छन् ।

गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नंको ट्र्याक्टरमा पूर्व दिशाबाट आएको रा६प २८६३ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ ।

मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस
पोर्चुगल, नेकपा (एमाले) प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्च पोर्चुगल क्षेत्रीय कमिटी सेतुवालको अध्यक्षमा नवीन खड्का निर्वाचित हुनुभएको छ । मञ्चको उपाध्यक्षमा क्रमशः अनिल कोइराला, कमला मगर र रमेश रिमाल, महासचिवमा मनोहर रेग्मी, सचिवमा सुदीप अधिकारी, विनय बराल र उमेश्वर भण्डारी, कोषाध्यक्षमा पुष्कर चौलागाई र सहकोषाध्यक्षमा खगराज जिरेल चयन भएका छन् ।

यसैबीच भेलाले निराजन गिरी, चिरञ्जीवि भट्टराई, सुदीप विक, सुदर्शन लामिछाने, सुरज सपकोटा, कमल भण्डारी, मनमाया थापा, बृन्दा कार्की, अनुप पौडेल, नवीन रिजाल, सविना अधिकारी, विजय बस्नेत, सुदर्शन भट्टराई, जगत थापा र सुदीप महर्जनलाई सदस्यमा चयन गरेको छ ।

यस्तै नवगठित कार्यसमितिको प्रमुख सल्लाहकारमा शक्ति भट्टराई हुनुहुन्छ ।
भेलामा प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बुले प्रवास नेपाली बीचमा भाइचाराको भावनाको विकास गर्दै समाजमा सकारात्मक सन्देश फैलाउन समस्यामा परेका नेपाली समुदायको समस्या समाधान गर्न भूमिका खेल्ने उद्देश्यले क्षेत्रीय मञ्च गठन गर्नु परेको बताउनुभयो ।

मञ्चका उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख अमृत रिजालले पोर्चुगलका विभिन्न जिल्ला क्षेत्रीय समिति बनाउने योजना रहेको जानकारी दिनुभयो । पोर्चुगिस कम्युनिस्ट पार्टी सेतुवालका प्रतिनिधि नुनु भाल्देजले नेपाली समुदाय इमान्दार रहेका छन् भन्नुहुँदै कानूनी झन्झटलाई सहजीकरण गर्न आफ्नो ठाउँबाट भूमिका रहने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।