मानव अधिकार तथा शान्ति समाजले छ जिल्लामा वृक्षरोपण

काठमाडौँ, विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले छ जिल्लामा वृक्षरोपण गरेको छ ।राजधानीको उत्तरपूर्वी भेग कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारस्थित खुर्सानीबारीमा रहेको असहाय गाईबाच्छा संरक्षण स्थल नजिकैको डाँडामा आज आयोजित कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपालसहित जनप्रतिनिधि र अधिकारकर्र्मीले काइँयो, ज्याकारान्डा, कपुर, पारिजात र पीपललगायत ५० विरुवा रोप्नुभयो ।

यसैगरी दाङ शाखाको आयोजनामा तुलसीपुरस्थित केशवराज झुपाकुमारी वृद्धाश्रमको प्राङ्गणमा समाजका वरिष्ठ उपसभापति शुशील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनारसहित १० जनाले वृक्षारोपण गर्नुभएको थियो ।

समाजको पर्सा शाखाले आज वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित वृक्षरोपण कार्यक्रममा शाखा सभापति प्रेम पटेल, उपसभापति जिनुमाया मानन्धरसहित १० जना अधिकारकर्र्मीले वृक्षरोपण गर्नुभएको थियो भने कपिलवस्तु शाखाले सिद्धार्थ माध्यमिक विद्यालय बुञ्ची कपिलवस्तुको प्राङ्गणमा आयोजित वृक्षरोपणमा शाखा सभापति गोविन्द पोख्रेल, सचिव माधव घिमिरेसहित अधिकारकर्र्मीले पाँच प्रजातिको १२ वटा वृक्षरोपण गर्नुभएको थियो ।

यसै अवसरमा शान्ति समाज चितवन शाखाद्वारा ‘प्रकृतिको संरक्षण गरौं रूख रोपौं’ भन्ने नारासहित नव जागृत वन उपभोक्ता समूहको वनमा शाखा सभापति शम्भु राउतसहित अधिकारकर्र्मीहरु पुर्णचन्द्र चापागाईं, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटाले वृक्षरोपण गर्नुभएको छ ।

समाजको रुपन्देही शाखाले वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफूल लगायत १०० भन्दा बढी सङ्ख्यामा बृक्षरोपण गरेको छ ।

कार्यक्रममा समाजका सभापति गोविन्द खनालले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स) मा जोड दिँदै संस्थाले हिमालय वचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । सरकारद्वारा चुरेका ढुङ्गा, गिटी निकासीको निर्णय नसच्याए समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।