सुप विश्वविद्यालय : स्थगित परीक्षा अनलाइनबाट हुने

बैतडी, कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयानुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन् ।

स्नातक तह दोस्रो, चौथो र छैटौँ सेमेष्टरका परीक्षा आगामी साउन ५ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तले जानकारी दिनुभयो । बैठकपछि विश्वविद्यालयको केन्दीय कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातक दोस्रो, चौथो र छैटौँ सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षा यही जेठ २५ देखि सञ्चालन हुनेछन् ।

कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञा पनि जारी रहेकाले वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा गरिन लागिएको हो । यद्यपि अवस्था सामान्य भएमा तथा नेपाल सरकारले निर्णय गरेमा कक्षा र निर्धारित परीक्षा भौतिकरूपमै सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जेठ मसान्तभित्र कार्यविधि तयारी पार्ने र असार २० गतेसम्म परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसक्ने जनाएको छ । परीक्षालाई लिखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणात्मक उत्तर दिनुपर्ने खालको प्रश्नपत्र तयार पारिनेछन् ।

अनलाइन प्रविधिबाट परीक्षा तयारी भइसकेपछि विद्यार्थीको ‘मक टेष्ट’ गराइने छ । अहिले विश्वविद्यालयले माइक्रोसफ्ट सफ्टवेयर खरिद गरेकाले सोहीमार्फत परीक्षा सञ्चालन गरिनेछन् । स्नातकोत्तर तहका हकमा दोस्रो सेमेष्टरका विद्यार्थीलाई तेस्रो सेमेष्टरमा राखी जेठ २५ गते र दोस्रो र चौथो सेमेष्टरको परीक्षा साउन २४ गतेदेखि वैकल्पिक माध्यमबाट गरिने सूचनामा उल्लेख गरिएको छ ।

केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार तयारी थालिएको पाटन बहुमुखी क्याम्पस बैतडीका प्रमुख उत्तम भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा सञ्चालन र परीक्षा सञ्चालनका लागि हामीले पनि तयारी थालेका छौँ, आइतबार जुम मिटिङ राखेका छौँ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।