तेस्रो चरणको कोरोनाविरुद्धको खो,प जेठ २५ र २६ गते

चितवन, कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप यही जेठ २५ र २६ गते दिइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो ।

चीन सरकारको अनुदानमा प्राप्त ‘भेरोसिल’ खोप जिल्लामा ११ हजार मात्रा आइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो । हरेक वडामा नै खोपको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यहाँका सात पालिकामा रहेका वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध गराइने छ ।

कोरोना कहरका कारण भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । उहाँले भन्नुभयो, “खोप अभियान दुई दिनसम्म चल्नेछ, स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइनेछ ।” पालिकास्तरीय खोप केन्द्रमा छुटेकालाई थप एक दिन थपिनेछ ।

जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार व्यक्तिले पहिलो खोप लगाएका छन् । खोप लिन आउँदा परिचयपत्र अनिर्वाय गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖