कोभिडका बिरामीको उपचार र नियन्त्रण तथा भौतिक निर्माणमा जोड

मकवानपुर,वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८÷७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई अवलम्बन गर्ने नीति उच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्ने दृढता व्यक्त गुर्नभयो ।

मन्त्री ढुङ्गेलले आज आफ्नो कार्यकक्षमा रासससँग सङ्क्षिप्त कुराकानी गर्दै यही जेठ २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिडबाट पीडित भई पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ जोडेर आयआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।

उहाँले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न, अस्पतालको गुणस्तरीय वृद्धिका साथै एचडियु, भेन्टिलेटर र आइसियु कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने जानकारी दिनुभयो ।

मन्त्री ढुङ्गेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवका आयोजनाको निर्माणका साथै शिक्षाको गुणस्तर वृद्धि र दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षातर्फ जोड दिइने बताउनभुयो ।

उहाँले आगामी आवका लागि प्रस्तुत हुने बजेटले प्रदेशमा कृषि उत्पादनका साथै पशुपालनतर्फ गाई, भैँसीपालनका अतिरिक्त, खसी, बोका, कुखुरा, बङ्गुरपालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दूधजन्य पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिइने बताउनुभयो ।

प्रदेशका सबै जिल्लाका कोभिड–१९ सङ्क्रमितका परिवारलाई तत्काल आयआर्जन गर्ने आर्थिक प्याकेजलाई विपन्न र दलित समुदायका परिवारलाई केन्द्रविन्दुमा राखेर राहत वितरण गर्ने लक्ष्य राखिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आवका लागि ल्याइने नीति, कार्यक्रम र बजेटमा प्रतिपक्षले उठाउनुभएको कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्ने प्रयास, राष्ट्रिय गौरवका आयोजना र भौतिक पूर्वाधार निर्माणका लागि समान व्यवहार गरी बजेट विनियोजित गरिएको र प्रतिपक्षको भावनालाई समेत कदर गरेर बजेट विनियोजितमा कुनै प्रकारको विभेद नगरिने उहाँले बताउनुभयो ।

उहाँले आगामी आव २०७८÷७९ का लागि सरकारले करीब रु ५४ अर्ब को बजेट ल्याइने सम्भावना रहेको उल्लेख गर्दै बजेटले प्रदेशका सबै जिल्लालाई भौतिक पूर्वाधार निर्माण, सङ्घीय राजधानी काठमाडौँलाई हेटौँडाबाट जोड्ने विद्युतीय बसको सञ्चालन र पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ सङ्क्रमण रोग नियन्त्रणलाई सरकारले केन्द्रविन्दुमा राखेर बजेट विनियोजन गरी कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको सुनाउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।