१० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ,चन्द्रागिरि नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिलाई बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेशनलले आज संयुक्त रुपमा उक्त अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नगरपालिकामा आज आयोजित कार्यक्रममा बाल विकास समाजका व्यवस्थापक प्रदीप श्रेष्ठ र वल्र्डभिजनका को–अर्डिनेटर भरत तामाङले नगरपालिकाका उपप्रमुख लिशा नकर्मी र प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

विगतका वर्षमा नगरपालिकासँग सहयोग र साझेदारी गरेका उक्त संस्थाले १० अक्सिजन सिलिण्डर, २० अक्सिमिटर, २० थर्मल गन र ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेको नगरपालिकाका विपद् व्यवस्थापन प्रमुख भद्रा अर्यालले जानकारी दिनुभयो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि चन्द्रागिरिले कोरोना सङ्क्रमितको उपचारका लागि तीन अक्सिजनसहितका आइसोलेशन केन्द्र र एउटा अस्पताल सञ्चालनमा ल्याएको छ ।

उक्त आइसोलेशन केन्द्रको आवश्यकताका आधारमा नगरपालिकामा प्राप्त स्वास्थ्य सामग्री वितरण गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।

चन्द्रागिरिमा हालसम्म चार हजार ५८६ कोरोना सङ्क्रमित भइसकेका छन् । सोमध्ये चार हजार १४६ कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् ।

सङ्क्रमितमध्ये ३६२ होम आइसोलेशन र १९ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चन्द्रागिरिमा हालसम्म कोरोनाका कारणले ५९ जनाले ज्यान गुमाइसकेका छन् । काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा हाल १५ वडा रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।