ट्र्याक्टरले ठ,क्कर दिँदा शिक्षिकाको मृ,त्यु,

गलकोट,बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्र्याक्टरले ठ,क्कर दिँदा एक जनाको ,मृ,त्यु, भएको छ । ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृ,त्यु, भएको वडासचिव रुद्र केसीले जानकारी दिनुभयो ।

ग१त ६३०३ नंको ट्र्याक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृ,त्यु, भएको वडासचिव केसीको भनाइ छ ।

मृ,त,क शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुनुहुन्छ । प्रहरीले ट्र्याक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस

बनेपा, काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिकालाई आहाना नेपाल फाउण्डेशनको तर्फबाट कोरोना महामारी सङ्क्रमण नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको छ । फाउण्डेशनको अगुवाइमा पालिकाका सबै वडामा सो सामग्री उपलब्ध गराउने गरी पालिका अध्यक्ष कृष्णबहादुर खुलाललाई हस्तान्तरण गरिएको हो ।

संस्थाले उपलब्ध गराएका सामग्रीमा एक हजार डिटोल साबुन, धुन मिल्ने कोरियन कालो मास्क एक हजार र २०० पत्ता साइनेक्सलगायतका सामग्री रहेको छ । समुदायस्तरमै सङ्क्रमण फैलिएपछि अहिले गाउँगाउँमा पालिकाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कोरोना परीक्षणका साथै रोकथाम नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।

सो क्रममा गाउँपालिकालाई थप सहयोग गर्न संस्थाको पहलमा स्वास्थ्य सामग्री सहयोग गरिएको फाण्डेशनका प्रतिनिधि सागर जिम्बाले बताउनुभयो ।

यसैबीच नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका कमिटीबाट पनि गाउँपालिकाको लागि सर्जिकल मास्क, स्यानिटाइजर, किड्स, अक्सोमिटर, पिपिई सेट, ग्लोब्स, थर्मलगनलगायतका सामग्री खानीखोला गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

माओवादी केन्द्र प्रवास कमिटीमार्फत जिल्ला पार्टी कार्यालयमा प्राप्त स्वास्थ्य सामग्री पालिकालाई हस्तान्तरण गरिएको माओवादी केन्द्रका नेता इन्द्रबहादुर थिङले बताउनुभयो । उपलब्ध सामग्री पालिकाले आवश्यकतानुसार वडाहरुमा वितरण गर्ने जनाएको छ ।

डाँडापारिको विकट क्षेत्र खानीखोला गाउँपालिका–३ मा रहेको भृकुटी माध्यमिक विद्यालयका लागि आहाना नेपाल फाउण्डेशनको समन्वयमा मास्क र स्यानिटाइजरका साथै डेस्क, बेञ्च, अफिस दराज, टेबल, ल्यापटप, प्रिन्टर, प्रोजेक्टरलगायत सामग्री संस्थाका प्रतिनिधि अविरल जिम्बा र सागर जिम्बाको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरेको थियो ।

विद्यालयमा भएको पुरानो बेन्चले नपुगेर विद्यार्थी भुइँमा बसेर पढ्नुपरेको अवस्थामा संस्थाको समन्वयमा फ्रान्सका संस्था ‘संसारमा साझेदारी’ नामक संस्थाको आर्थिक सहयोगमा नयाँ डेस्क, बेन्चलगायत अफिस दराज, टेबल, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर पाएपछि विद्यालय परिवारमा ठूलो राहत मिलेको छ । एक वर्ष अगाडि पनि सो संस्थाले उक्त विद्यालयलका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।