बँ,देलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि

दुल्लु, दैलेखका दर्जनभन्दा बढी बस्तीमा ज,ङ्गली बँ,देलको बथान छिरेर लगाइएको मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् ।

महाबु, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिकाका दर्जनभन्दा बढी बस्तीमा लगाइएको घोगा निस्कनै लागेको अबस्थामा रहेको मकैबालीमा बँदेलको बथान छिरेर स,खाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।

जिल्लाको भैरबी गाउँपालिका–२ मा पर्ने चिन्तामय, वडा नं १ मा पर्ने महतारा गाउँ, जडाह घर बस्ती, गोग्न, देउताडा र जलजले महाबु गाउँपालिका–२ मापर्ने ताराचौर, घोगेपाटा, किमुखाडा, डुउग्री र पिपलपाटा, दुल्लु नगरपालिका–१० मापर्ने बिजौरा, नाबिस्थान, मेहेल्पानी र नारायण नगरपालिका–१ मा पर्ने पिडाल्ने, कुइकाना र धुल्पुर र २ मा पर्ने गैरामाल्ली, कुसांडा, पाथिकाल्ला, अयाकाटिया, बागमारे, किमेनी, सुपितारा र तल्लो जारकोटलगायतका दर्जनभन्दा बढी बस्तीमा बादेलको समूह पसेर लगाइएको मकैबाली तहसनहस पारेको छ ।

बस्ती नजिकैको जङ्गलबाट आउने गरेको बँदेलको बथानले मकैबाली सखाप पारेको नारायण नगरपालिका–२ का राजकुमार थापाले बताउनुभयो । दिनभरि जङ्गलमा बस्ने र रातपरेपछि बारीमा आएर खेती तहसनहस बनाउने गरेको उहाँको भनाइ छ ।

वर्षेनि बँ,देलले बालीन नो,क्सानी गरेपछि यसबारेमा पटकपटक सरोकारवाला निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “बँदेलकै कारण अब बस्ती नै छाडेर बसाइ सर्नुपर्ने अवस्था सिर्जजना भएको छ ।”

कति किसान त मकै जोगाउन बारीमै रातभर जाग्रामसमेत बस्ने गरेको भैरवी— १ का गगन योगीले बताउनुभयो । बँदेलले मकैबाली मात्रै होइन, घैया र धानबाली पनि नष्ट गर्ने गरेको उहाँको भनाइ छ । पी,डित किसानको क्ष,तिको विवरणको लगत सङ्कलन गरिने र केही राहतका लागि सिफारिस गरिने भैरवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।