३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली न,ष्ट

दैलेख, लगातारको वर्षासँगै आएको हावाहुरीले नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ । पाक्ने अवस्थामा रहेको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।

राति पानीसँगै आएको हावाहुरीले वडा नं ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर थापाको छ रोपनी, भीमबहादुर थापाको पाँच रोपनी, तेजबहादुर थापाको दुई रोपनी, जगत महतराको पाँच रोपनी, रेशम थापाको पाँच रोपनी, गणेश थापाको दुई रोपनी, गणेश खत्रीको दुई रोपनी, तेजबहादुर महतराको दुई रोपनी, अमरबहादुर खनालको दुई रोपनी गरी ३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली पूर्ण रुपमा नष्ट गरेको छ ।

पीडितले राहत र क्षतिपूर्तिका लागि कृषि विकास कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

स्थानीय सरकार र प्रदेश सरकारले किसानको पाक्नै लागेको बाली नष्ट भएको विषयमा गम्भीर हुनुपर्ने र किसानलाई राहत प्रदान गर्नुपर्ने माग गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।