झापामा पहिलोपटक हाइब्रिड धानको परीक्षण

झापा, झापामा पहिलोपटक गौरादह नगरपालिका–६ मा हर्दिनाथ हाइब्रिड –१ जातको धानको
परीक्षण खेती गरिएको छ । यो धान अन्य जातका तुलनामा दोब्बर फल्ने जिकिर गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भद्रपुरसँगको साझेदारीमा गौरादहको सगरमाथा किसान समूहले स्वदेशमै विकसित उक्त हाईब्रिड धानको पहिलो खेती गरेको हो । अन्य जातको धानको तुलनामा यसको उत्पादन दोब्बर हुने परियोजनाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार यो धानको उत्पादन प्रतिहेक्टर सात मेट्रिक टनसम्म हुन्छ । अन्य जातको धान साँढे तीनदेखि चार मेट्रिकटनसम्म मात्र उत्पादन हुने गरेको छ । रोपिएको १२२ दिनभित्रमा यो धान पाकिसक्ने छ । नेपालमा हर्दिनाथ हाइब्रिड–१ र ३ जातको धान राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई प्रचलनमा आएको हो ।

धानको उत्पादकत्व वृद्धि गर्ने योजनाअनुरुप परियोजनाले यस वर्षदेखि मुलुकका अन्य जिल्लामा समेत किसान र किसान समूहसँग मिलेर स्वदेशी हर्दिनाथ हाईब्रिड–१ धानको प्रदर्शन खेती शुरु गरेको जनाएको छ ।

परियोजनाले किसान समूहलाई मल, बीउ, विषादी र प्रविधि आदिमा सहयोग पु¥याएको छ । अन्य जातको धानको बीउको मूल्य प्रतिकेजी रु ८० पर्छ भने यसको प्रतिकेजी रु २५० पर्ने वरिष्ठ कृषि अधिकृत सुवेदीको भनाइ छ । यसको एउटा एउटा बेर्ना रोप्नुपर्ने र एउटा बेर्नापछि आफँैं गाँजिएर ८० वटासम्म हुने उहाँले बताउनुभयो ।

स्थानीय किसान चन्द्रप्रसाद निरौलाले पहिलोपटक यसको खेती गरेकाले आफू उत्साहित भइरहेको बताउनुभयो । यसवर्ष एक हेक्टरमा लगाइएको धानको उत्पादकत्व हेरेर अर्को वर्ष खेती विस्तार गर्ने समूहको योजना छ ।

सोमबार जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंह, धान सुपरजोन जिल्ला कार्यसमितिका पदाधिकारी, पत्रकार र अन्य सरकारी कार्यालयका प्रमुखले धानखेती भएको स्थानमा पुगेर अनुगमन गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।