विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

काठमाडौँ, आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।

आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।

क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन् । नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौं स्थानमा छ ।

त्यसैगरी दश खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । बाह« खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ । बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् ।

त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖