फस्टाउँदै माछापालन

कलैया, बारा कोल्हवी नगरपालिका वडा नं ५ माछा गाउँका मत्स्यपालक किसानले वर्षेनि १५ हजार मेट्रि«क टन खाने माछा उत्पादन गर्ने गरेका छन् ।

करिब तीनदशकदेखि सो गाउँमा विष्णुबहादुर थापाले ५, ६ वटा पोखरी सञ्चालन गरी राम्रो आम्दानी गर्ने गरेको देखेर गाउँका अरुले पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछा पाल्दै आए।

पछि एक घर, एक पोखरी निर्माण गरी गाउँलेले माछा उत्पादन गर्न थालेपछि कृषि विकास कार्यालयले नै बोधवनलाई माछा गाउँको नामाकरण गरेको नेपाल माछा व्यवसायी सङ्घका पूर्व अध्यक्ष जङगबहादुर साहले जानकारी दिनुभयो ।

हाल सो गाउँका करिब ३०० घरपरिवारले करिब ६०० पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछापालन गर्दे आएका कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । माछा उत्पादनसँगै गाउँको उन्नती र जीवनस्तरमा सुधार आएको सङ्घका पूर्व अध्यक्ष साहले जानकारी दिनुभयो ।

माछाको वर्षेभरिको आम्दानीबाट किसानले धान, गहँु, मकैलगायत अन्य खाद्यान्न खरिद गरी जीवनयापन गर्ने गरेका छन् ।

बारामा करिब चार हजार ७०० परिवारले माछा पोखरीमा माछा व्यवसाय गर्दै जिल्लाभरीमा वर्षेनि करिब ५६ हजार मेट्रि«कटन माछा उत्पादन हुने गरेकोमा उत्पादित माछा पोखरा, विराटनगर, काठमाडौँ, चितवनलगायतका ठाउँमा बिक्री वितरण गर्ने गेरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।