सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू

– दुर्गा देवकोटा टीकापुर,कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । कुलामा पर्याप्य पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पुगाउन आलोपालो प्रणाली लागू गरेका हुन् ।

पानीका लागि किसानबीच हुने खिचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो । कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि काम गरिरहेको छ । परियोजनाले सिँचाइ सुविधा विस्तारका लागि काम गरिरहे पनि पानीको वितरण प्रणाली लागू नहुँदा कतै धेरै र कतै सुख्खा रहने गरेको छ । धान खेतमा आवश्यक पानी पर्याप्त नहुँदा टीकापुर नगरपालिका–१ वनगाउँका किसानले आलोपालो नियम बनाएर धान खेत सिँचाइ गर्न थालेपछि सहज भएको छ ।

कुलोमा पानीको कमी हुँदा धानको उत्पादनमा कमी हुन सक्ने भन्दै वनगाउँ बीचपुरुवाका किसान कुलाको पानी प्रयोगका लागि आलोपालो नियम बनाएर खेत सिँचाइ गर्न थालेका पहारुलाल चौधरीले बताउनुभयो । “धान खेतीलाई आवश्यक पर्ने पानी सबै किसानको खेतका गह्रासम्म सहजरुपमा पु¥याएर सिँचाइ गरी उत्पादन राम्रो गराउन पानीका लागि आलोपालो नियम बनाएर लागू गर्दा सहज भएको छ”, चौधरी भन्नुहुन्छ, “नियम नबनाउँदा आसपमा किसानबीच झगडा हुन थाल्यो, त्यसैले गाउँले बसेर आफैँले नियम बनायौँ ।”

कुलाको पानी प्रयोगका लागि आलोपालो नियम नबनाउँदासम्म कुलाको शिरतिरका किसानले धेरै पानी प्रयोग गर्ने र अन्त्यमा खेत भएका किसानले पानी नै नपाउने समस्या हुन्थ्यो । कर्णाली नदीमा पर्याप्त पानी छ तर गाउँमा रहेका सिँचाइ कुलामा आवश्यक पानी वितरण हुन सकेको अवस्था छैन । त्यसको मारमा किसान परिरहेका छन् । “धान रोपेदेखि नियमित सिँचाइ गर्न अति आवश्यक छ, तर कुलामा पर्याप्त पानी नहुँदा महिना दिनसम्म खेतमा पानी हाल्न नपाउने अवस्था छ”, वनगाँउका टंक घर्तिमगरले भन्नुभयो, “अहिले सबै किसानले समानरुपमा खेतमा पानी हाल्न पाएका छन्, पानी पाएमा बाली राम्रो उत्पादन हुने गर्छ, बाली राम्रो हुनेमात्र होइन धानमा झार उम्रने, विभिन्न रोगबाट बचाउन सकिन्छ ।”

वनगाउँको बीच पुरुवा र दक्षिण पुरुवाका करीब २०० विघा क्षेत्रफल खेतमा एउटै कुलाको पानी लाग्ने गरेको छ । वनगाउँको गबलिया कुलामार्फत क्षेत्रफल खेतमा लाग्ने पानी सबैलाई पर्याप्त हुँदैन । यसका लागि यहाँका किसानले कुलाको पानीलाई प्रयोग गर्न तीन खण्डमा विभाजन गरी पानी बाँडफाँड गरिहेको बडघर तेजबहादुर चौधरी जानकारी दिनुभयो ।

“सिँचाइका लागि आलोपालो नियमलाई पालना गर्न समुदायको भेलाले विभिन्न नियम तथा निणर्य गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “आफ्नो पालोका दिन बाहेक अरु दिन पानी सिँचाइ गर्न नपाइने र त्यो दिन पानी प्रयोग गरेमा जरिमाना तिराउने नियम बनाएका छौँ ।” किसानको भेलाले कुलाका पानीको अवस्था हेरेर आप्mनो पालोमा कुलाको स्याहार गर्ने, पानी लिन मुहानसम्म जाने र पालोका दिन २४ घण्टासम्म आफ्नो खेतमा सिँचाइ गर्न पाउने नियम बनाइएको छ । कुलाको सरसफाई र मुहानसम्म पानी लिन सबै किसान मिलेर जाने गरेका छन् ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना लागू भएका क्षेत्रमा सिँचाइका लागि पानीको पर्याप्तताका लागि विभिन्न संरचना निर्माणसहित पानी वितरण भइरहेको छ । आयोजना लागू भएको टीकापुर, लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकामा अहिले १४ हजार ३०० हेक्टरमा सिँचाइ पु¥याउने र पछि थप गरी १८ हजार हेक्टरमा सिँचाइ पु¥याउने गरी आयोजनाले काम गरिरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।