अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित

मङ्गलबारे, १ भदौ। नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् ।

मकैबारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको ती किसानको गुनासो छ ।

डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउनुहुन्छ । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’’, उहाँ भन्नुहुन्छ । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् ।

दुई वर्ष अगाडि प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना कार्यक्रममार्फत इलामको देउमाई नगरमा अलैँची खेती विस्तार गरिएकामा अहिले डढुवा रोग लाग्नाका साथै समयमा वर्षा नहुँदा मासिँने क्रममा रहेको छ । सन्दकपुर गाउँपालिकामा भने अलैँची ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन्दकपुरसँगै रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा समेत यो बाली मासिने क्रममा रहेकाले किसानले वैकल्पिक नगदेबाली लगाउन थालेका छन् । उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने प्रतिमन रु ३० हजारभन्दा माथि पुगेको छ । अन्यबाली लगाउनु पर्दा आफूहरूमा निराशा छाएको मङ्गलबारेस्थित देउमाई कृषि सहकारी सङ्घका देउकुमार राना बताउनुहन्छ ।

गतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।