धनकुटाको कृषि क्षेत्र विकासको वारेमा छलफल

धनकुटा । कृषि उद्यम केन्द्रका सभापती तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीसँग धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सहितको प्रतिनीधि मण्डलले धनकुटामा कृषि क्षेत्रको विकास र विस्तारको वारेमा छलफल गरेको छ ।

संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ यूवा कृषी उद्यमी निलम थापा लगायतका धनकुटाका प्रतिनीधि मण्डलले कृषि उद्यम केन्द्रका सभापती तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य सुमार्गीसँग काठमाण्डमौमा भेट गरी धनकुटामा कार्यक्रम सञ्चालन गर्न माग गर्दै धनकुटामा कृषि क्षेत्रको विकासको वारेमा परार्मश गरेको हो ।

छलफलमा सुमार्गीले तरकारी तथा फलफुल लगायत कृषिको उर्भरा भूमी धनकुटा भएकाले कृषि उद्यम केन्द्र मार्फत जिल्लामा कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने वताउनु भयो । उहाले विभिन्न नमूना कार्यक्रमहरु सञ्चालन गर्ने समेत वताउनु भयो ।

उहाँले धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईलाई कृषि उद्यम केन्द्रको सदस्यमा मनोनयन गर्नु भयो र धनकुटाका वरिष्ठ यूवा कृषि उद्यमी तथा व्यावसायी निलम वहादुर थापालाई कृषी उद्यम केन्द्रबाट सञ्चालन गरेको १ सय कृषक छनौट अभियान अन्र्तगत पहिलो सदस्य बनाउदै सदस्यता पत्र प्रदान गर्नु भयो ।

छलफलमा कृषि उद्यम केन्द्रका उपाध्यक्ष दिपेन्द्र वहादुर खत्री,सदस्यहरु कमन बुढा,जगत खड्का,विज्ञ डा.दिनेश प्रसाद पराजुली,रमेश कडरीया, आर बी गौतम,सुर्गेन विसी लगायतका सहभागीता रहेको थियो ।

त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठ,नेपाल उद्योग बाणिज्य महासंघका सदस्य हेमराज ढकाल लगायत सदस्यसंग पनि टोलिले भेट गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।