यस वर्षको मोती पुरस्कार पौडेल र अधिकारीलाई

काठमाडौँ, १५ भदौ । नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु¥याएवापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय प्रकाश पौडेल र हेम अधिकारीलाई अर्पण गरिने भएको छ ।

राष्ट्रिय युवा सेवा कोषद्वारा राष्ट्रिय विभूति मोतिराम भट्टका सम्झनामा स्थापित सो पुरस्कारको राशि रु ५० हजार र स्वर्णपदक रहेको छ । कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेले पुरस्कार यही भदौ २२ गते वितरण गरिने जानकारी दिनुभयो ।

गत वर्ष कोभिड–१९ का कारण रोकिएको उक्त पुरस्कार सोही दिन वितरण गरिने उहाँले बताउनुभयो । गत वर्ष साहित्यकारद्वय महेश पौड्याल र मीनकुमार श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरिएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।