संखुवासभा ह त्या का ण्ड : घटनास्थलबाट मोबाइल बरामद, लोकबहादुरका भाइ पनि छानबिनको दायरामा

भविन कार्की/संखुवासभा, ३१ भदौ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह त्यामा संलग्न देखिएका लोकबहादुर कार्की भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन् । ह त्या गरिएकी रञ्जना कार्कीको मोबाइल सेट हराएको थियो । अनुसन्धानका क्रममा घटनास्थलबाट नरेशको साथबाट हराएको मोबाइल सेट बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

ह त्या का ण्डमा दाइलाई सहयोग गरेको आशंकामा प्रहरीले नरेशमाथि छानबिन थालेको प्रहरी निरीक्षक खतिवडाले बताए । लोकबहादुरका भाइ नरेशमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनाको अनुसन्धानका लागि १० जना प्रहरी टोली घटनास्थल उम्लिङ खोलागाउँमै रहेको उनले बताए ।

गत २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको ह त्या भएको थियो । प्रहरीले एकै परिवारका ६ जनाको ह त्यामा संलग्न भएको आरोपमा उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई पाँच दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

ह त्यापछि उम्लिङ खोला गाउँ पुगेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी रुगम कुँवर, संघिय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिम घटनास्थल पुगेको थियो । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।