प्रहरीले धनीलाई फर्कायो भेटाएको पैसा

खोटाङ, ३१ भदौ । खोटाङमा प्रहरीको गस्ती टोलीले भेटेको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ ।

गस्ती गर्नेक्रममा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीबाट खटिएको प्रहरी टोलीले सडकमा फेला पारेको २ हजार ३४५ रुपैयाँ सम्बन्धित व्यक्ति हलेसीकै उचितबहादुर राईलाई फिर्ता गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा गस्तीमा निस्किएका प्रहरी जवान डिकबहादुर कार्कीले बिहीबार भेट्टाएको पैसा केही समयपछि सम्बन्धित व्यक्तिलाई खोजेर फिर्ता दिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्कीले जानकारी दिए ।

हराएको पैसाका विषयमा इलाका प्रहरी कार्यालयमा फोन आएको र उचितबहादुरले भनेअनुसारकै नोट पाइएकाले फिर्ता दिइएको प्रहरीले जनाएको छ ।

उचितबहादुरले पानीको शुल्क वापत उठाइएको रकम हराएको बताएका छन् । -न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।