मकालुकी कान्छीमाले ८० बर्षमा नागरिकता पाइन्

संखुवासभा, १ असोज । संखुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौं दिनमा नेपाली नागरिक प्राप्त गरेकी हुन् ।

८० वर्षीया कान्छीमाले जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छन् । नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान र छोरी गुमाउनु भएकी कान्छीमालाई सरकारी सेवा सुविधाको बारेमा केही थाहा छैन । उनका झड्केलो छोरा नुर्वु शेर्पाले वडा कार्यालय पुगेर कागजपत्र तयार गरेर खाँदबारी आएका थिए । कागज पत्र तयार गरेपछि नुर्वुले शेर्पाले आमालाई लिएर जिल्ला प्रशासन कार्यालय खाँदबारी आए । नेपाली नागरिकले नैसर्गिक अधिकारको रुपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःख कष्ट भोगेकी कान्छीमाले लामो संघर्षपछि नागरिकता प्राप्त गरिन् । नागरिकता पाएपछि राज्यको तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षाभत्ता लगायत सेवा सुविधाबाट बन्चित हुनुपर्ने बाध्यता हटेको छ । कोही नभएका उनको नागरिकता बुढेसकालको सहारा बनेको छ ।

दुर्गम टासी गाउँमा भीर पहारा चहारेर दिनाचार्य बिताई रहेकी उनलाई गाउँका युवाहरुले बुढेसकालमा सामाजिक सुरक्षा भत्ता मात्रै भए पनि सहज हुने थियो भनेर आवश्यक पहल गर्न थाले । १० मंसिर १९९८ मा जन्मिएकी कान्छीमाले सोही गाउँमा तप्के शेर्पासँग ५ जेठ २०२६ मा विवाह गरेकी थिइन् । तर विवाह दर्ता लगायतका पञ्जिकरणका कुनै कामहरु गर्न पाएनन् ।

अर्को विवाह गरेका श्रीमान्को १५ असार २०६८ मा मृ त्यु भएको थियो । कान्छी श्रीमती पट्टीको झड्केलो छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्का लगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँबारी आइन् । जिल्ला प्रशासन कार्यालयबाट प्रहरी मुचुल्का चाहिने भन्दै जिल्ला प्रहरी कार्यालय पठायो । तर प्रहरीबाट वडादेखिको सिफारिसमा नै त्रुटि भएको, सच्याएर ल्याउनु भन्दै फर्काएपछि उनीहरु आजित भएको कान्छीमाको आफन्त सोना तेन्जिङ शेर्पाले दुखेसो पोखिन । यद्यपि नागरिकता पाउँदा भने खुसी लागेको उनले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।