ताप्लेजुङमा रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

दिलकुमार लिम्बू/ताप्लेजुङ, १ असोज । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो ।

रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप संकटमा पर्दै गएपछि रेडपान्डा संरक्षण (जोगाउने) गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो ।

रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरु रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेका हुन् । रेडपान्डाको संरक्षण गर्न कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत ६ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले जानकारी दिए ।

उनका अनुसार गएको आर्थिक वर्षमा मात्र नौवटा कुकुरको बन्ध्याकरण गरिएको थियो । अभियानअन्तर्गत नै चालू आव ०७८/८९ मा कम्तीमा १८ वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपान्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ ।

कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्ने छ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालोसमेतलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै भिटामिन खुवाउन थालेको राईले बताए । उनका अनुसार गत साता मात्र चार सय १४ कुकुर र १९ वटा बिरालोलाई रेबिज रोगविरुद्ध खोप र भिडामिन उपलब्ध गराइएको छ ।

रेडपान्डा पाइने जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ५ र ६ फाकुम्बामा ५३ वटा कुकुरलाई रेबिज रोगविरुद्धको खोप लगाएको र उक्त कुकुरलाई भिडामिन पनि खुवाइएको छ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. २ थेचम्बु र ३ तिरिङ्गेमा ६६ वटा, सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैँचा वडा नंं. ७ खेबाङ र ८ याम्फुदिन क्षेत्रमा एक सय ६३ वटा कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन दिइएको छ ।

यस्तै, सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा १६ वटा कुकुर, फुङ्लिङ नगरपालिका वडा नं. १० फुरुम्बो र ११ फावाखोलामा ९६ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ । उक्त क्षेत्रमा केही बिरालोलाई पनि रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले जानकारी दिए । उनका अनुसार रेबिज रोगविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक छन् । मञ्चले संकलन गरेको तथ्यांकअनुसार ताप्लेजुङमा करिब एक सय ३४ वटा रेडपान्डा छन् ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।