उदयपुरमा लगानी गर्नेबारे एनएफसिसीआइका वरिष्ठ उपाध्यक्ष ढकालले थाले छलफल

उदयपुर, १ असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपालका प्रतिष्ठित उद्योगपति व्यवसायी चन्द्रप्रसाद ढकालले स्थानीय उद्योगी व्यवसायीहरूसँग उदयपुरको सदरमुकाम गाईघाटमा भेटघाट गरेका छन् ।

कोभिडका कारण थलिएको अर्थतन्त्रको असर उदयपुरमा परेको अवस्थामा उदयपुरको छोटो भ्रमणको क्रममा स्थानीय व्यवसायी र उद्योगीहरूको मनोबल बढाउन र वैकल्पिक उपायको खोजीका लागि सल्लाह सुझाव दिन वरिष्ठ उपाध्यक्ष ढकाल उदयपुर आएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले बताए ।

कोभिडको दोस्राे भेरियन्टका कारण लामो समयसम्म रहेको लकडाउनले स्थानीयस्तरमा रहेका उद्योग व्यापार व्यवसाय मारमा परेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा सहकार्य गरेर गर्न सकिने उद्योग व्यवसायको सम्भावनाबारे छलफल गरेका छन् ।

उदयपुरमा रहेका एक दर्जन बढी निजी बैंकहरूमध्ये सबैभन्दा बढी कारोबार गर्ने ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले स्थानीयस्तरमा लगानी बढाउन चासो राखेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष भगतले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।