दसैंको पहिलो दिन आज घटस्थापना, ‘गहुँ नराखेर जौँ’को जमरा किन राखिन्छ ?

काठमाडौं, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन दसैं आज बिहीबारदेखि सुरु भएको छ । घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ ।

दसैंको पहिलो दिन घटस्थापना गरिन्छ । घटः स्थापना अर्थात घैंटो, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको मूल अर्थ हो । घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ ।

आज बिहानै नित्यकर्म सकेर गाईको गोबरले पुजा कोठा अथवा जमरा राख्ने स्थानलाई शुद्धिकरण गरी शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौँ रोपिन्छ । यसलाई नै जमरा राख्ने भनिन्छ ।

आजका दिन स्थापना गरिएको घडाको जल, नौ दिनसम्म देविलाई पूजा गएिको टीका प्रसाद र घडामा राखिएको जमरा विजयादशमीका दिन दुर्गादेवीको प्रसादको रुपमा मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको ब्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य प्राप्तिको कामना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

‘यव उर्वारा इती जमरा’
संस्कृत भाषमा यव भनेको जौ हो । वेदको मन्त्रमा भने यवलाई ज्यव भनेर उच्चारण गरिन्छ । यसरी ज्यव उमार्नुलई नै जमरा भनिएको हो ।

जौँ नै किन उमार्ने ? धान, गौँ किन नउमार्ने भन्ने विषयमा फरक फरक मत छ । विशेष गरी अन्नमा पनि जौँलाई सबैभन्दा पुरानो अन्नको रुपमा लिइन्छ र जौँ भगवानको प्रिय वस्तुसमेत भएकाले यसको प्रयोग गरिएको हो ।

शास्त्रमा पनि जौँको निकै महत्व रहेको छ । जाैँलाई एकदमै पौष्टिक आहारको रुपमा लिइन्छ । घिउमा मिसाएको जौले हवन गर्दा वातावरणमा रहेको विषालु पदार्थ नष्ट हुनुको साथै पानी पार्नसमेत यसले मद्दत गर्दछ । यसलाई पछिल्लो समय वैज्ञानिकले पनि पुष्टि गरेका छन् ।

यीनै कारणले गर्दा जौँको प्रयोग गरिएको हो । तर, जमरा नै उमार्नु, कानमा नै सिउरीनु भनेर चाहिँ कुनै पनि शास्त्रले भनेका छैनन् । यो संस्कार हो । सभ्यतासँग जोडिएको छ ।

दसैं मनाउने विषयमा कुनै शास्त्र पुराणमा उल्लेख नभएपनि नवरात्रको नौ दिन देविको पूजा आराधना गरि दशौं दिन नौ दिनसम्म पूजा गरेको देविको प्रसाद ग्रहण गर्ने भएकाले नै यसलाई दसैंका रुपमा मनाइँदै आएको हो ।

आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीज लगायतका राक्षसको गर्न दुर्गाले लिएका नौ रुपको यस अवसरमा विशेष पूजा आराधना हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रकोकसमेत पाठ गरिन्छ ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा मनाउने गरिन्छ ।

नेपालमा दसैंलाई भगवती दुर्गाले आसुरी शक्तिमाथि पाएको जितको प्रतिकको रुपमा मनाइन्छ भने भारतमा भगवान रामले रावणको बध गरी सत्यगलाई पुनःस्थापना गरेको खुसीयालीको रुपमा मनाउने प्रचलन रहेको छ । तर, जे भए पनि यो पर्व सत्य र असत्यको लडाइँमा सँधै सत्यको नै जित हुने सन्देशसहित हरेक हिन्दूले मनाउने गर्छन् ।

मार्कण्डेय पुराणमा पनि नवरात्रको विषयमा चर्चा गरिएको छ । नवरात्रको नौ दिनसम्म आफ्नो मनोकमंक्षा पूर्तिका लागि कुन दिन कुन देविकोे पूजा गर्ने भन्नेबारे पनि उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।