चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी

काठमाडौँ, २२ कात्तिक ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नु भएको छ । बन्दीप्रत्यक्षीकरणका छ वटा इजलास पेसी तोकिएकोे हो । तीमध्ये चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । संयुक्त इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडाल, न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदी, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी, न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठ र डा मनोजकुमार शर्मा रहनुभएको छ । एकल इजालसमा न्यायाधीश बमकुमार श्रेष्ठ र न्यायाधीश डा कुमार चँुडाल रहनुभएको छ । सबै पेसीमा बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र रहेका छन् ।

यही कात्तिक ७ गते आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि तोकिएको मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानून बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको थियो । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन नसकेकाले न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

यो पनि पढ्नुहोस..केराको एउटै बोटले व्यवसायी बनायो भट्टराईलाई
वालिङ, २२ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाउनुभयो । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने निधो गर्नुभयो । गल्याङ– ११ दिमिकस्थित आफ्नै खेतमा परीक्षणका लागि लगाएको थप केराका बोटबाट राम्रैसँग उत्पादन दिन थालेकाले आठ वर्षअघि ‘आनन्द कृषि तथा पशुपालन फर्म’ दर्ता गर्नुभएको थियोे । जग्गा जमिन भएर पनि सही सदुपयोग गर्न नसकिरहेका बेला त्यो एउटै बोटको केराले आफूलाई व्यवसायी बन्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

“जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग गर्न सकिरहेका थिएनौं” भट्टराईले भन्नुभयो, “धान, गहुँ, मकैलगायत बालीबाट भन्दा केराबाट राम्रो आम्दानी गर्न सकिने ठानेर केरा खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ ।”सुरुका वर्षमा झण्डै रु चार लाखको लगानीमा केरा खेती सुरु गर्नुभएका उहाँले दोस्रो वर्षदेखि वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । केरा खेती नै भट्टराईको अहिलेको मुख्य आम्दानीको स्रोत बनेको छ ।“केरा जति मात्रामा उत्पादन भएपनि बजारीकरणका लागि अहिलेसम्म कुनै समस्या छैन” उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको केरा नजिकैको गल्याङ बजारमा खपत हुँदै आएको छ ।”

भट्टराईको फर्मअन्तर्गत अहिले ‘झापाली मालभोग’ ‘विलियम हाईब्रेड’ र ‘जी नाईन’ जातका पन्ध्र सयभन्दा बढी केराका बोट छन् । व्यावसायिक हिसाबले ठूलो मात्रामा केराखेती गर्नुभएका उहाँको फर्ममा केरा खेतीकाबारेमा चासो दिनेहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । यहाँ आएर हेरेर, बुझेर फर्किएसँगै आ–आफ्नो ठाउँमा फर्केर व्यावसायिकरूपले केराखेती थाल्नेहरू प्रशस्तै रहेका उहाँले जानकारी दिनुभयो । केराखेती थालेपछि आफूसहित स्थानीयवासीले पनि रोजगारी पाएको भट्टराईले जानकारी दिनुभयोे ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।