लाललिगुराँस भयो कर्मचारी फुटबलको बिजेता

नारायण कुमार राई, धनकुटा । धनकुटामा जारी अन्तर पालिका स्तरीय कर्मचारी फुटवल प्रतियोगिताको उपाधी छिमेकी तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका बसन्तपुरले जितेको छ । १० गतेबाट ३ दिन सम्म सन्चालन भएको खेलमा तेह्रथुमकै छथर गाउँपालिकालाई ० का बिरुद्ध ४ गालले हराउँदै लालिगुराँसले उपाधी जितेको हो ।

छथरजोरपाटी गाउँपालिका कर्मचारी समुहको आयोजनामा सम्पन्न खेलमा फाईनलका लागि लालिगुराँसले चौबिसे गाउँपालिका र छथरले आयोजक पालिकालाई हराएको थियो । जित संगै बिजेता लालिगुराँसले नगद ३५ हजार ५ सय ५५ ट्रफी र उप–बिजेता छथरले नगद २१ हजार १ सय ११ जितेको छ ।

बिजेता र उप–बिजेता टोलीलाई आयोजक पालिकाका अध्यक्ष शेरबहादुर लिम्बू,प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर र आयोजक समुहका संयोजक दिवश पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

पालिकाको सिंधुवामा खेलमैदानमा सम्पन्न खेलमा धनकुटा र तेह्रथुमका १५ वटा कर्मचारी फुटबल टोलीको सहभागिता रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।