सर्वाधिक चर्चामा नेपालकै कान्छा सभापति धनकुटाका राई
धनकुटा । पुस्ता परिर्वतन र रुपान्तरणको अभियान संचालन भैरहेको कांग्रेस भित्र नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नेपालकै सवै भन्दा कम उमेरका कान्छा सभापती धनकुटाका दिनेश राई बनेका छन ।

नेपाली कांग्रेसको ७७ जिल्ला सभापती मध्य धनकुटा जिल्लाका सभापती दिनेश राई सवै भन्दा कम उमेरका सभापती भएकाले कान्छो सभापतीको रुपमा नैपालमानै सर्वाधिक चर्चामा आएका हुन ।नेपाल विद्यार्थी संघबाट राजनिति शुरु गरेका दिनेश राई नेविसंघका स्कुल,क्षेत्र र क्याम्पस सभापती हुदै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष र पाटीका जिल्ला कोषाध्यक्षको जिम्मेवारी लिइरहेकोमा १४ औ महाधिवेशनमा ४० बर्षको उमेरमानै सभापतीमा निर्वाचित भएका हुन ।
नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य रहेका कमोट फागुलाई ३४ मतको अन्तरले उपबिजेता बनाउदै ५ सय ४ मत प्राप्त गरी धनकुटा जिल्ला सभापतीमा बिजेजा बनेका हुन । पुराना र पाका नेताहरुले पद नछाडिरेहेको अवस्थामा प्रतिशप्रर्दाबाटै साहसिक ढंगले उम्मेदवारी दिई निर्वाचित भए पछि नेपाली कांग्रेस धनकुटाका निर्वाचित सभापती राई अहिले देशै भरी कान्छा सभापतीको रुपमा चर्चा आई लोकप्रिय भएका हुन ।
पुस्ता परिवर्तन र रुपातन्रणको कांग्रेस भित्र व्यापक वहस भैरहेको अहिलेको अवस्थामा धनकुटा जिल्लाका सभापती दिनेश राई ७७ जिल्ला मध्य सवैभन्दा कम उमेरको सभापती बनेपछी नेपालमानै कांग्रेस भित्र पुस्ता परिर्वतन र रुपान्तरणको शुरु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाको १४ औ जिल्ला अधिवेशनबाट ४५ भन्दा कम उमेरका उपसभापतीद्धयमा सुनिल डंगोल,निर्मल ओझा,सचिव द्धयमा विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,सहसचिव द्धयमा गिरिजा प्रसाद दाहाल,रोशन श्रेष्ठ निर्वाचित भए पछि धनकुटा जिल्लाको कांग्रेसमा पुरै पुस्ता परिवर्तन भएको छ । यसैगरी प्रदेश सभा क्षेत्रिय सभापती क का जितेन्द्र राई र ख का राजन पौडेल पनि ४० बर्ष भन्दा कम उमेरका रहेका छन ।
धनकुटा जिल्लाको कांग्रेसको अधिवेशनबाट पुरै नया पस्ता नेतृत्वमा आएकाले अभिभावकहरुको अनुभ,सल्लाह,आर्शिवाद लिएर यूवा शक्ति परिचालन गरी पाटीमा परिवर्तन र रुपान्तरणको अभियानलाई व्यापक संचालन गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
नेपालकै सवै भन्दा कम उमेरकका सभापती बनेका कान्छा सभापती दिनेश राईले धनकुटामा कांग्रेस भित्र पुरै परिवर्तन गरी आगामी हुने सवै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराई सवैले थाहा पाउने गरी,देखिने खालको र अनुभूती हुने किसिमको पार्टी भित्र काम गर्ने बनाउनु भयो ।
हलेसी मेलामा तुवाचुङ नगरपालिकाले दियाे सार्वजनिक बिदा
खोटाङ, १७ मंसिर । बालाचतुर्दशी मेलाका अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्षित गरी नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
स्थानीय बासिन्दा बालाचतुर्दशी मेला दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीकिरण आचार्यले जानकारी दिए ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलालाई बृहत् बनाउन नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको हाे । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।


