सांगुरीगढी गाउंपालिकामा विभिन्न पार्टी परित्याग गरी सयौ नेता कार्यकर्ता एमालेमा प्रवेश
धनकुटा । धनकुटाको सांगुरीगढी गाउपालिकाका विभिन्न पार्टी परित्याग गरी सयौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी र संघिय लिम्बूवान मञ्चका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) गाँउकमिटिले पार्टीको १० औ महाधिवेशन बाट निर्वाचित धनकुटा जिल्ला बाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यलाई बधाई शुभकामना तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरी नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराईएको छ ।
सागुरीगाढी गाँउपालिका नमस्ते झर्ना व्यवस्थापन समितिका अध्यक्षतथा पर्यटन व्यवसायी दिलिप लिम्बू,जसपबाट सबन कुमार राई, माओवादीका गंगा प्रसाद याख्या र संघिय लिम्बूवान मञ्चका पूर्वअध्यक्ष समेत रहेका छत्र बहादुर इंङ्गनामको नेतृत्वमा युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशि नेता तथा कार्यकर्ताहरुलाई पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य एवंम संघिय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राई, पार्टीका प्रदेश सदस्य तथा प्रदेश संसद इन्द्रमणी पराजुली, धनकुटा नगरपालिकाको उपमेयर तथा पार्टीका केन्द्रिय सदस्य सकुन्तला बस्नेत , प्रदेश संसद तथा पार्टीका केन्द्रिय सदस्य बिनादेवि राई , गााउपालिका अध्यक्ष कुमार जंग याख्या , उपाध्यक्ष बिन्द्र राई लगायतले फुलमाला अबिर खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
नवप्रवेशि नेताहरु दिलिप लिम्बू ,सबन राई ,गंगा प्रसाद याख्या र छत्र बहादुर इङ्गनामले कार्यक्रमा बोल्नु हुदै समृद्धि विकास एमाले पार्टी बाट मात्र सम्भव रहेको भन्दै एमाले पार्टी रोजेको उनिहरुले बताएकाछन् । सबै समुदायको भाषा धर्म , वर्गका जनताको भावना अनुरुप कामगर्ने अहिले सम्म नेकपा एमाले पार्टी मात्र पाएकोले एमाले पार्टी प्रवेश गरेको बताएका थिए ।

त्यस्तै उनिहरुले एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानीय तहमा अझै सशक्त बनाउँन आफुहरूको पहल तथा भुमिका हुँने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संघीय संसद राजेन्द्र कुमार राईले नव पार्टी प्रवेशिहरूलाई स्वागत गर्नु हुदै आगामि निर्वाचनमा धनकुटा बाट नेपाली काङ्ग्रेसलाई कुच्चोले कंसिङगर बडारे फ्याके जस्तै गरेर बडारेर फ्याक्ने दावी गर्नु भयो ।
जिल्लाको हरेक कुना कुना टोल बस्ती बस्तीका जनताहरू अहिले जनताको मर्म र भावना अनुरुप काम गर्ने पार्टी एक मात्र एमाले भन्दै पार्टी प्रवेशको कार्यक्रम निरन्तर अगाडि बढिरहेको बताउनुभयो । साथै उहाले नेपाली काङ्ग्रेस डुब्ने बेलाको घाम जस्तो भईसकेको बताउनुभयो । साथै उहाले एमाले पार्टी कार्यकर्ता र जनताको तागत बलले चल्ने भएकाले आफु त्यहीँ बलर तागत बाट केन्द्रीय सदस्यमा बिजयी हासिल गर्न सफलभएको बताउनु भयो । त्यस्तै गरि आफु पार्टी अध्यक्ष भएर जिल्लामा पार्टीलाई मजबुत र बलियो बनाउनका लागि जसरी लागि परेर काम गरिरहेको थिए आगामि दिनमा पनि निरन्तर रहने प्रतिवद्वता गर्नुभयो ।
त्यस्तै गरि प्रदेश संसद ईन्द्रमणी पराजुलीले पनि कार्यक्रममा बोल्नु हुदै अब आउने निर्वाचनमा ६० वटै वडा क्लिनसीप गर्ने घोषणा गर्नु भयो । साथै उहाले एमाले पार्टी भाषाण मात्र होईन काम गरेर व्यवहारमा देखाउने पाटी भएको बताउनु भयो । नवप्रवेशिहरूलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिएर पार्टीले अगाडि बढाउने बताउनुभयो । त्यस्तै गरि कार्यक्रममा केन्द्रीय सदस्य धनपाका उपमेयर , प्रदेश संसद विनादेवि राईले पनि पार्टीको १० औ माहाधिवेशन बाट पारित भएका पार्टीको नीति तथा कार्यक्रम जनतामाझ पुर्याउने अभियानको सुरुवात भएको बताउनुभयो ।
साथै उहाहरुले पार्टीलाई बलियो बनाउका लागि सबै जनतालाई एमाले पार्टीको छातामुनि संगठित गर्नका लागि महत्त्वपूर्ण भुमिका रहने प्रतिवद्वता गरेकाछन् ।गाउं कमिटी अध्यक्ष बालकृषण राईको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको स्वागत तथा बधाई शुभकामना मन्तव्य जिल्ला सचिवालय सदस्य तथा गााउपालिका अध्यक्ष कुमार जंग याख्खाले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव पूर्ण खजुमले गरेका थिए ।


