प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण
विराटनगर, २१ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो ।
झापाको भद्रपुरमा ३, विर्तामोड, दमक, मेचीनगर, अर्जुनधारा र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६, कानेपोखरी र रतुवामाईमा १–१ र सुनसरीको इटहरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
एमालेमा बसेका दश भाइको हरिबिजोग भयो : माधव नेपाल
सुनसरी, २१ मंसिर/नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । सुनसरीको इटहरीमा प्रदेश १ काे प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको आरोप लगाए ।
पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठाेकुवा गरे ।
मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको आरोप लगाउँदै उनले भने ‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’


