कांग्रेस नेतृत्वले सबै कार्यकर्तालाई समान व्यवहार गर्छ,कोही निरास नहुनुस् : नेता श्रेष्ठ
धनकुटा,२१ मंसिर । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिबेसन अन्र्तगत धनकुटा जिल्लामा दुई समुह भएर प्रतिष्पर्धा गरे पनि निर्वाचन सकिए संगै धनकुटामा नेपाली कांग्रेस एक ढिका भई सकेको बताउनु भएको छ ।
नेपाली कांग्रेसको धनकुटा नगरकार्य समितीले आज धनकुटा सदमुकामको शहिद भीमनारायण स्मृती भवनमा गरेको एक कार्यक्रमा बोल्दै उहाँले पाटीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र पाटीको काम गर्ने नयाँ साथीहरु लाई जिम्वेवारी दिनका लागि हुने यस्ता प्रतिष्पर्धामा कसैको जित र हार नहुने भन्दै उहाँले अधिकतम सहमतीको प्रयास हुदाँ हुदै पनि केहि पालिका, प्रदेश र जिल्लामा प्रतिष्पर्धा बाट नेतृत्व चुनिने अवश्था आएको र त्यो प्रतिष्पर्धा मात्र निर्वाचन सम्म रहेको बताउनु भएको हो ।
साथै उहाँले निर्वाचनमा सफल हुन नसकोका साथीहरु संग समेत आफू सम्पर्क र भेटघाट रहेको भन्दै सबैको चाहना कांग्रेस लाई बलियो बनाउने नै रहेकोले कार्यकर्तामा कांग्रेस दुई समुहमा गयो भन्ने भ्रम छ त्यसो नभई कांग्रेस एक ढिकै छ उहाँले भन्नु भयो ।
अब सबै नेता कार्यकर्ता महाधीवेशन पछि स्थानिय तहको निर्वाचनमा केन्द्रित हुनु पर्ने समेत उहाँले भनाई थियो । साथै कांग्रेस नेतृत्वले सबै कार्यकर्ता लाई समान व्यावहार गर्ने भएकोले हिजो को कस्को पक्षमा थियो भन्ने कुरा समेत नहुन भएकोले कोहि नेता कार्यकर्ता निरास नहुनु नेता श्रेष्ठको भनाई थियो ।


