कोभिशिल्ड र एस्ट्राजेनेकाको दोस्राे मात्रा दिन सुरू

खोटाङ, २२ मंसिर /खोटाङमा गत भदौ र असोजमा कोभिड-१९ विरुद्ध कोभिशिल्ड र एस्ट्रा जेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्राे मात्रा दिन सुरू गरिएको छ । १५ र १६ भदौ तथा ४ र ५ असोजमा कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबार र बुधबार दोस्राे मात्रा दिन लागिएकाे हाे ।

एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई पनि कोभिशिल्ड खोप दिएकाे स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १३ हजार नागरिकले कोभिशिल्ड र एस्ट्रा जेनेका खोप लगाएका थिए । तिनै नागरिकलाई अहिले कोभिशिल्डको दोस्राे मात्राको खोप दिन थालिएको हो । पहिला एस्ट्राजेनेका खोप लगाएकाले पनि कोभिशिल्ड खोप लगाउन मिल्ने सिग्देलले बताए ।

प्याराग्लाइडिङको पूर्वाधार प्रयोगविहीन
बागलुङ, २२ मंसिर/गण्डकी प्रदेश सरकारले बागलुङको बलेवा क्षेत्रमा निर्माण गरेको प्याराग्लाइडिङ पूर्वाधार प्रयोगविहीन भएको छ । पोखराको वैकल्पिक प्याराग्लाइडिङ गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गत वर्ष निर्माण गरेको संरचना एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको हो ।

संरचना तयार भएका एक वर्षसम्म पनि प्याराग्लाइडिङ हुन सकेको छैनन् । गण्डकी प्रदेश सरकारले गत वर्ष २२ लाख लागतमा बागलुङ नगरपालिका-१४ मा प्याराग्लाइडिङको लागि आवश्यक मैदान, भवन, शौचालय जस्ता संरचना तयार गरेको उपभोक्ता समितिका सचिव भरत पौडेलले जानकारी दिए । स्थानीय तह तथा प्रदेश सरकारले संरचनाको जिम्मेवारी नलिँदा समस्या भएको सचिव पौडेलले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ बलेवामा सञ्चालन गर्ने प्रदेश सरकारले लक्ष्य राखेको थियो ।

पोखरामा विमान स्थल सञ्चालनमा आउने र प्याराग्लाइडिङ विस्थापन हुने वा नहुने विषय नै विचारधीन हुँदा तत्काल व्यावसायिक उडान सम्भावना नभएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । भौतिक संरचना निजी कम्पनीले अनुमति लिएर उडान सुरू गर्न चाहेमा काम गर्न सक्ने उनले बताए । । बलेवामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि व्यावसायिक उडानको लागि संरचना तयार गरिएको हो ।

बलेवामा निर्माण गरिएको संरचना एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्ला सदरमुकाममाथि प्याग्लाइडिङ सयर गर्न सकिने र सहासिक पर्यटनका लागि पूर्वाधारसमेत बलेवा क्षेत्रमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।