“हरेक दुलोहरु खतरनाक हुँदारहेछन्”
नबसेपनि/ नभएपनि
त्यस दुलोभित्र सर्प
सर्प बस्ने दुलो भनेपछि सबैको सातो जाँदोरहेछ ।
त्यो बुढो अरिङ्गालको गोलोबाट
बसाइँ सरेर गएपनि अरिङ्गालहरु
त्यो गोलोको दुलोमा पस्ने कुनै
कीराफट्याङ्राहरुको साहस हुँदोरहेनछ
कस्तो बलियो सत्ता !
आखाँहरुबाट धेरै टाढाको समुन्द्रमा रहेको
त्यो ” ब्लाक होल ” कति खतरनाक ?
जस्ले नसमाती तानेर निलिदिन्छ
आकाशमा उडिरहेका हवाइजहाजहरु
र हवाइजहाजभित्रका मान्छेहरु ।
ईमानको प्रेमबाट अलिकति पनि बेइमानी नगरी
तिमीलाई माया गरेर दुलो परेको मुटुको दुलो
जति खतरनाक छ ; त्यो भन्दा झन खतरनाक छ
त्यो मुटु सिलाउने सियो
र त्यहि सियोको दुलोमा उनेको
मुटु सिलाउने धागोको लठारो ।
तिम्रो पहिलो रजस्वलाले बनाएको
त्यो राजधानी जोड्ने सुरुङमार्ग
अरु सबै लोकमार्गहरु भन्दा लोकप्रिय रहेछ
किनकि त्यो अरु सबै ब’ङ्कर र भौडीहरुभन्दा
खतरामुक्त छ ।
त्यसरी विद्रोह जन्माउने
त्यो ब’न्दुक बाट गोलि निस्किने ब’न्दुकको दुलो
जति भयानक छ
त्यो भन्दा भ’यङ्कर र डरलाग्दो हुँदोरहेछ
कलमको सुईरोमा मसी हाल्ने दुलो
जसबाट लेखिएका चट्टाने शब्दहरुले
स्वाधीनता र स्वाभिमानको खाल्डो पुरेपछि
देशभित्र कुनै धमीरालाई दुलो पार्न दिईएको छैन ।
हजुरले बनाएको ताजमहल भन्दा सुरक्षित
तिमीले धान रोप्न खनेको कुलो
अनि कुलो वरिपरि लगाएको बलियो पर्खालहरु
जति बलिया छन् त्यो भन्दा बलियो त
आमाको पाठेघरसम्म जान बनाएको गोरेटो रहेछ
जुन गोरेटोको डि.पी.आर तिम्रै “बा” ले गरेका हुन् ।
ध्रुब एलेक्स
पाख्रीबास, धनकुटा


