ओखलढुंगामा एचआईभी एड्स परीक्षणकाे दायरा बढाइँदै

ओखलढुंगा, २३ मंसिर । ओखलढुंगामा एड्स परीक्षणकाे दायरा बनाउने तयारी थालिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले सुषुप्त अवस्थामा रहेकाे एड्स संक्रमण दरकाे वृद्धि राेक्न अभियान चलाउने तयारी गरेकाे हाे ।

एड्सबारेकाे भ्रमका कारण बिरामी खुलेर उपचारका लागि स्वास्थ्य संस्थामा नआउने स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्लामा १४ जना संक्रमितले उपचार सेवा लिइरहेकाे स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । सरकारले एड्स राेगीकाे नि:शुल्क उपचार गर्दै आएकाे छ ।

पहिचान खुल्ने र समाजबाट तिरस्कृत हुने डरले बिरामी खुल्न नचाहेकाले सचेतना समुदायलाई नै आवश्यक रहेकाे पन्तकाे भनाइ छ । जिल्ला अस्पतालमा मात्र परीक्षण तथा उपचार सेवा रहेकाेमा अब दायरा बढाएर पालिका तहमा पुर्‍याउने लक्ष्य छ । पालिकाबाटै सचेताना अभियान र परीक्षण तथा उपचार सेवा दिने हाे भने संक्रमण नियन्त्रण हुने अपेक्षा गरिएकाे स्वास्थ्य कार्यालयका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।

संक्रमित भएर ओखलढुुंगाका सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका मध्ये १० जना ओखलढुंगा, एक जना खाेटाङ र तीन जना साेलुखुम्बुका रहेकाे बताइएकाे छ । संक्रमणदर न्यून रहे पनि थप नियन्त्रण गर्दै परिवार तथा समुदायलाई सुरक्षित राख्न पालिका तहबाट परिक्षण तथा उपचार गर्न छुट्टै युनिट व्यवस्थापन गरिने मन्सुरीकाे भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।