पार्टीलाई नया ढंगबाट अघि बढाउन सभापती देउवालाई नेपाली कांग्रेस धनकुटाको सुझाव
पौष १,धनकुटा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नव निर्वाचित सभापती शेर वहादुर देउवालाई नेपाली कांग्रेस धनकुटाको टोलीले शूभकामना तथा बधाई ज्ञापन गरेको छ ।
काठमाण्डौ स्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगि टोलिले बधाई तथा शुभकामना दिदै पार्टीलाई नया ढंंगबाट अगाडी बढाउन सुझाव दिएको हो । टोलीले पार्टी सभपाती देउवालाई अव नवितम, अझ सशक्त र एकताबद्ध ढंगले पार्टीलाई अगाडी बढाउन सुझाव दिएको जिल्ला पार्टी सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो।
टोलिमा पार्टीका निर्वतमान सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,जिल्ला सचिवद्धय विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,महाधिवेशन प्रतिनिधिहरु आनन्द सन्तोषी राई,लिला सुब्बा,अञ्जना ताम्ती,नविन शाक्य लगायतको सहभागिता थियो ।
एनआरएनएकाे निर्वाचन तेस्राे पटक स्थगित, विवाद समाधान गर्न चार सदस्यीय समिति गठन
मन्दिप केसी/लण्डन, १ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन तेस्राे पटक स्थगित भएकोछ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरिएको छ ।
यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो ।
जुलाईमा भएको एनसिसी चुनावमा विभिन्न देशमा प्रविधिको दूरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भन्दै उजुरी परे पनि समाधान हुन सकेकाे छैन ।
प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशनविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गएका थिए । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेकाे थियाे । दुई तिहाइ एनसीसीले विवाद समाधानकाे माग गर्दै आएका छन् ।उनीहरुले केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन् ।
निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको हो ।
विवाद समाधान गर्न समिति
निर्वाचन गर्ने प्रक्रिया पूरा नभएको भन्दै अध्यक्ष पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरेका छन् । समितिमा संघका सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार डा यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।


