नेकपा एमाले जिल्ला कमिटी धनकुटाको जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने
धनकुटा । नेकपा एमाले पार्टी जिल्ला कमिटी धनकुटाको ७ औ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । जिल्ला पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको जिल्ला कमिटी सचिवालय बैठकले पौष २३ र २४ गते सदरमुकाम धनकुटामा अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशनका लागि विभिन्न निर्णयहरु गर्दै भव्यताका साथ सम्पन्न गर्न उप समिति निमार्ण गरी जिम्मेवारी दिइएको छ । राजनैतिक एवम् संगठनिक तयारी उपसमितिमा प्रदेश संसद निरन रार्ई ,सदस्यहरु चिन्तन तामाङ टंक चुवान ,शाबित्रा राई र शेरबहादुर लिम्बू रहेकाछन् ।
आर्थिक प्रतेवेदन तयारी उपसमितिमा आर्थिक विभाग प्रमुख मनकुमारी तितुङ तारा रहेको छ । त्यस्तै स्थानिय तहको प्रतिवेदन तयारी उपसमितिमा शिव लिम्बू र सदस्यहरुमा मनोज राई, निरेन तामाङ ,मञ्जु अधिकारी ,सन्दिप रायमाझी र बालकृष्ण राई रहनु भएको छ ।
मञ्च व्यवस्थापन उपसमितिमा संयोजक मनकुमारी तितुङ तारा ,सदस्यहरु फुर्वा तामाङ ,निर्मला राई श्रेष्ठ ,दिवेश खड्का,कमला मगर दालामु शेर्पा छन् भने प्रचारप्रसार उपसमितिमा संयोजक नैन रुचाल, सदस्यहरु भेषराज कटे्ल ,सन्तोष रुचाल ,नारायण आठपहरिया र मालाती मोक्तान मानवी रहेका छन् ।
त्यस्तै प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजक नैन रुचाल सदस्यहरु मुकुन्द भण्डारी र गोमा कार्की र त्यस्तै सास्कृतिक कार्यक्रम उपसमिति संयोजक यज्ञ कुमारी रुचाल सदस्यहरुमा भिमा खनाल र सरोज भुजेलाई जिम्मेवारी दिईएको छ । अधिवेशनमा खाद्य तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा नेत्रभण्डारी कोपीला शंकर लगायत रहेकाछन् ।
कृष्ण माविको लापरवाही : विज्ञान प्रयाेगशालाका सामग्री भान्सा कोठामा
जितेन्द्र थापा/दैलेख, ८ पुस । ठाटीकाँध गाउँपालिका-१ लकान्द्रस्थित कृष्ण माध्यामिक विद्यालय ठाटीकाँध गाउँपालिका कार्यालयकाे दैलोमै छ । गाउँपालिकाका अन्य विद्यालयको तुलनामा यहाँ विद्यार्थीको चाप अत्याधिक छ । गाउँपालिका कार्यालय नजिकै र विद्यार्थी पनि प्रशस्तै हुँदा समेत अवश्यक भवन नहुँदा विद्यालयकाे साख दिनहुँ घट्दाे छ ।
कुनै बेला लकान्द्रको हाइ स्कुल ‘कृष्ण उच्च माध्यामिक विद्यालय’का रुपमा परिचित थियो । तर, अहिले उच्च हटेर कृष्ण माध्यामिक विद्यालयमा सिमित छ । उच्चदेखि माध्यामिक विद्यालमा झरेदेखि विद्यालयको शैक्षिक गुणस्तर पनि खस्किदै गएको छ ।
भवन अभावमा साइन्स सामग्री भान्सा कोठाकाे बोरामा
विद्यालयमा रहेका साइन्सका सामग्री भवन अभाव कारण भान्सा कोठामा थन्काइएकाे छ । यो विद्यालयमा भवन अभाव मात्र हाेइन आवश्यक अन्य पुर्वाधार पनि छैनन् ।विद्यालयमा भएका विज्ञान सामग्री भान्सामा थन्काएकाे मात्रै हाेइन अन्य सामग्री के के छन् भनेर समेत विज्ञान शिक्षक पंकज कठायत र विद्यालयका प्रधानाध्यापक इला मल्ल शाहीलाई थाहा छैन । ‘विद्यालयमा साइन्सको सामग्री आएको लामो समय भयो,’ प्रधानाध्यापक शाहीले भनिन्, ‘के कति सामान छ हेर्नु पर्छ । विद्यालयमा भवन अभावमा साइन्सको सामग्री थन्किएको साँचो कुरा हो । विद्यालयमा साइन्स सामग्री मात्र होइन विद्यार्थी राख्ने कोठा समेत नहुँदा समस्या छ ।’
विद्यालयमा साइन्स शिक्षक भनेर तोकिएका शिक्षकलाई नै साइन्सका कुन कुन सामग्री छन् ? कुन सामग्री छैनन् भन्ने जानकारी नहुनु लापर्वाहीको पराकाष्ठा भएको अभिभावकहरु बताउँछन् ।
कम्प्युटर छ विद्यार्थीको उपयोगमा छैन
कृष्ण माध्यामिक विद्यालयमा २४ वटा कम्प्युटर छन् । नेपाल सरकारको शिक्षा विभागबाट २४ वटा कम्युटर विद्यालयलाई उपलब्ध गराएको कम्युटर प्रयाेगविहिन अवस्थामा रहेका छन् । र त्यसअघि पनि शिक्षा कार्यालय दैलेखले पाँच वटा कम्युटर र रातो बंङ्गलादेखि दुई वटा कम्युटर उपलब्ध गरिएको थियो ।
यी कम्युटरमा खिया लागेर नचल्ले अवस्थामा पुगेका छन् । विद्यार्थीलाई कम्प्युटर सिकाउनकै लागि विद्यालयमा कम्प्युटर शिक्षक तोकिएको छ । तर, पनि कम्प्युटर शिक्षकले कम्प्युटर नपढाएको सोही विद्यालयका कक्षा १० मा अध्यनरत एक विद्यार्थी बताउँछन् । हामीले कम्युटर शिक्षकलाई कम्प्युटर सिकाउन धेरै दिन अनुरोध गर्यौँ,’ उनले भने, ‘अनुरोध गर्दा पनि भोलिभोलि भन्दै टार्दै गएको र त्यो दिन आएन ।’
विद्यालयभित्र भएका सामग्री पनि सुरक्षित छैनन्
कृष्ण माध्यामिक विद्यालयमा विद्यालयभित्र रहेका सामानसमेत चोरी हुँदै आएका छन् । पेसा व्यवसायमा विद्यार्थीलाई सिकाउनको लागि ल्याइएको सिलाइ मेसिन, कुटोकोदालो समेत चोरी भएका छन् । सामानहरू चोरी हुँदासमेत विद्यालय प्रशासन रमिते बनेर बसेको अभिभावकहरू बताउँछन् ।
शौचालय छ पानी छैन
विद्यालयमा ६ कक्षादेखि १० कक्षासम्म १२ सय जना विद्यार्थी छन् । तर, तिनका लागि न त पानीको व्यवस्था छ । न त सफा चर्पीको व्यवस्था नै राम्राे छ । पानी पिउनको लागि विद्यार्थी विद्यालय बाहिर करिब पाँच मिनेट लाग्ने धारामा पानी पिउन पुग्छन् । जसले गर्दा उनीहरूको पढाइसमेत प्रभावित हुने गरेको छ ।


