राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पौष १६ गते पुनर्मिलन कार्यक्रमको आयोजना

धनकुटा । नेपाली कांग्रेस धनकुटाको पदाधिकारी बैठकले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पौष १६ गते पुर्नमिलन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको १४ औं महाधिवेशन पछि धनकुटा जिल्लामा सार्थक मेलमिलाप कायम गर्न पौष १६ गते पुर्नमिलन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टीका जिल्ला सभापती दिनेश राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरी कांग्रेसजनमा सार्थक एकता कायम गरी पार्टीलाई बलियो बनाउन वडा तह देखी पालिका,प्रद्रश सभा निर्वाचित क्षेत्रिय समिति,क्षेत्रिय र जिल्ला अधिवेशनको क्रममा विजेता तथा उपबिजेता सवैलाई सहभागीता गराई पुर्निमिलन तथा सहभोजको आयोजना गर्ने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

बैठकले राष्टिय मेलमिलाप दिवस भव्य रुपमा गर्न उपसभापति सुनिल डंगोलको संयोजक,कार्यक्रम व्यवस्थापन समितिको संयोजक जिल्ला सचिव विजय सन्तोषी राई र प्रचार प्रसार गर्न सचिव द्धय विजय सन्तोषी राई र जयन्द्र घिसिङ्ग र आर्थिक संकलनको जिम्मा सहसचिव द्धय रोशन श्रेष्ठ र गिरिजा प्रसाद दाहाललाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

सोही दिनदेखी नया कार्य समितिले आफ्नो कार्यकालको प्रारम्भ गर्ने भएकोले सवै मातहतका समितिहरु र भातृ तथा शुवेच्छुक संस्थाहरुका साथीहरु र अधिवेशनमा विजयी तथा उपबिजेता सवैलाई सहभागी हुन जिल्ला सभापती दिनेश राईले निर्देशन समेत दिनु भएको छ ।

आज वर्षा र हिमपातकाे सम्भावना, भाेलि देशभर पानी पर्ने
काठमाडाैं, १३ पुस/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।