मेलमिलाप नीतिको महत्व अझै बढ्दै : सुनिल बहादुर थापा
धनकुटा,१६ पुस । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल बहादुर थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको बताउँनु भएको छ ।
नेपाली कांग्रेस धनकुटाले आज धनकुटामा आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवको अवसरमा बोल्दै उहाँले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको महत्व अझै बढ्दै गएको बताउनु भयो साथै उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भएको जित र हार लाई लिएर भन्दा पनि मेलमिलाप गर्दै आगामी निर्वाचनमा केन्द्रित हुन सबै नेता कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ ।
उहाँले सबै अब मेलमिलाप गर्दै अगाडी बढ्नु समयको आवश्यता रहेको समेत बताउनु भयो । २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृ’त्यु’द’ण्ड’को मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किएको दिनको अवसरमा कांग्रेसले मेलमिलाप दिवश मनाउँदै आएको छ ।
आईएमई पेबाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक
काठमाडौं, १६ पुस/मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन् । कम्पनीले जाडो मौसमलाई लक्षित गरी यो सुरु गरेको योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ ।
योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ ।
प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकमा मात्र यो अफर लागु हुने कम्पनीले जनाएको छ ।
आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्धारा प्रवद्धित कम्पनी हुन् ।


