धनकुटा कांग्रेसले यसरी मनायो मेलमिलाप दिवश
धनकुटा,१६ पुष । नेपाली कांग्रेस धनकुटाले मेलमिलाप दिवशको अवसरमा कार्यक्रम आयोजना गरेको छ कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस धनकुटाले आज धनकुटामा आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवको अवसरमा बोल्दै उहाँले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको महत्व अझै बढ्दै गएको बताउनु भयो । साथै उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भएको जित र हार लाई लिएर भन्दा पनि मेलमिलाप गर्दै आगामी निर्वाचनमा केन्द्रित हुन सबै नेता कार्यकर्ता लाई आग्रह समेत गर्नु भएको छ ।
उहाँले सबै अब मेलमिलाप गर्दै अगाडी बढ्नु समयको आवश्यता रहेको समेत बताउनु भयो ।कार्यक्रममा महाधीवेशन प्रतिनिधीहरुको उदयबहादुर लिम्बु , नेपाली कांग्रेस धनकुटाको १४ औं महाधीवेशन निर्वाचन समितका संयोजक दिनेश अधिकारी, नेपाली कांग्रेसको प्रदेश सभा सदस्य मीना तुम्वा, नेपाली कांग्रेस धनकुटाका निर्वातमान सभापती अग्नीप्रसाद पौडेल, संविधान सभासदस्य अन्जना ताम्ली लगायतले मेलमिलाप दिवशले सबल कांग्रेस बन्न सबै लाई प्रेरण दिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले अब सबै नेता कार्यकर्ता आगामी निर्वाचन केन्द्रित हुनु पर्ने बताउँदै सबैले सक्षम र सवल कांग्रेस खोजेकोले नेतृत्वले सबै लाई यथोचित जिम्बेवारी दिदै पाटी अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले छोडी कांग्रेसमा प्रवेश गरेका जिल्ला सदस्य सहदेव रसाईली र संगठीत सदस्य रामबहादुर रसाईली लगायत अन्य लाई नेपाली कांग्रेसमा स्वागत गरिएको जिल्ला सदस्य यानिन्द्र तिगेलाले जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधीवेशन, प्रदेश अधिवेशनका प्रतिनिधी नेपाली कांग्रेस धनकुटाका पदाधिकारी, जिल्ला सदस्य पूर्व पदाधीकारी, गाउँपालिका तथा नगरपालिकाका सभापती पदाधीकारी सदस्य नेपाली कांग्रेसका शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधी भातृसंगठनका प्रमुख तथा प्रतिनिधी लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिती रहेका थियो ।
२०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृ त्युद ण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किएको दिनको अवसरमा कांग्रेसले मेलमिलाप दिवश मनाउँदै आएको छ ।


