राष्ट्रिय जनमुक्ति पार्टी धनकुटा जनता समाजवादी पार्टी नेपालमा गाभिने
धनकुटा,१६ पुष । राष्ट्रिय जनमुक्ति पाटी धनकुटा जनता सामाजवादी पार्टी नेपालमा गाभिने भएको छ । राष्ट्रिय जनमुतिm पाटी धनकुटाले आफ्नो जिल्ला कमिटि भङ्ग गर्दै जनता सामाजवादी पार्टी नेपाल धनकुटामा गाभिने भएको हो ।
जिल्ला कमिटि भङ्ग गरि सकिएको र केहि प्राविधीक कुरा मिलाएर पाटी गाभिन लागेको राष्टिय जनमुक्ति पाटी धनकुटाकी अध्यक्ष सविला मोक्कानले जानकारी दिनु भयो । यता जनता समाजवादी पाटी धनकुटाले समेत जनमुक्ति बाट आफ्नो पाटीमा गाभिने घोषण गरि सकेको जनाएको छ ।
धनकुटामा जसपाको सुज अभियान
धनकुटा,१६ पुष । जनता सामाजवादी पार्टी नेपालले धनकुटामा सुज अभियानको समापन गरेको छ ।
संगठन सुदृढीकरण तथा जनजागरण सुज अभियानकाको समापन पाटीका संघिय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्नु भएको छ ।
समापन कार्यक्रमा बोल्दै डा भट्टराईले पाटीका मुलभूत सिदान्तका रुपमा रहेको समावेशी समानुपातीक प्रतिनिधीत्वको बिषय लाई पाटीले सधै उठाउने बताउनु भयो साथै उहाँले अधुरो अपुरो संविधान लाई संसोधन गर्दै सबै नेपाली जातजातीको अपनत्व हुने किसिमको बनाउँदै प्रत्यक्ष निर्वाचित राष्टिपतीको व्यावस्थामा जानु पर्ने बताउनु भयो ।
समापन कार्यक्रमा कार्यकारीणी सदस्य तथा पूर्व शान्तिमन्त्री रकम चेम्जोग केन्द्रिय सदस्य आरसी तुम्वा, अर्जुन थापा लगायतका नेता साथै अन्य कार्यकर्ताहरुको उपस्थिती रहेको जनता सामाजवादी पार्टी धनकुटाका कोषाध्यक्ष सरोज आठपहरीया राईले जानकारी दिनु भयो ।
कार्यक्रमरो अध्यक्षता जनता सामाजवादी पार्टी धनकुटाका अध्यक्ष बलबहादुर राईले गर्नु भएको थियो ।


