एमाले परित्याग गर्दै ५२ जना युवा कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटा नगरपालिका वडा नं ७ मा नेपाली कांग्रेसले चुवाबङु टोल कमिटी र तरुण दल गठन गरेको छ । सोमवार एक कार्यक्रमको वीच ७ नं वडामा जित बहादुर राईको सभापतित्वमा ४१ सदस्यीय टोल कमिटी र अर्जुन राईको अध्यक्षतामा ११ सदस्यीय तरुण दल गठन गरेको हो ।

टोल कमिटीको उपसभापतिमा नेत्रकुमार राई,सचिवमा सञ्जु राई र कोषाध्यक्षमा जेनिष राई रहेका छन् । त्यस्तै तरुणदल उपाध्यक्षमा सागर राई,सचिवमा प्रितम राई लगायत ११ जना रहेको नेपाली कांग्रेस ७ नं वडा कमिटीले जनाएको छ ।

कार्यक्रममा नेकपा एमाले परित्याग गर्दै ५२ जना युवा कांग्रेसमा प्रवेश गरेको जनाईएको छ । उनिहरुलाई पार्टीका जिल्ला स्तरका नेताहरुले नेपाली कांग्रेसमा स्वागत गरेका थिए ।

सुत्केरीलाई कुखुराको भाले र घिउ
कपिलवस्तु, २० पुस/सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. १ ले वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको हो ।

स्वास्थ्य संस्थामा प्रसूति गराउने ५५ आमाहरुलाई उपहार प्रदान गरिएको छ । वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले लोकल कुखुराको भाले र एक केजी घिउ उपहार स्वरुप प्रदान गरेका थिए । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।

यस आर्थिक वर्षमा वडा भित्रका सुत्केरीलाई लक्षित गर्दै गरिएको कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलन समेत अन्त्य भएको बताइएको छ । विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको वडा सचिव नरेन्द्र पोख्रेलले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।