धनकुटाको पाख्रिवास ४ मा कांग्रेसको भातृ तथा शुभेच्छुक संस्था र टोल समितिहरु गठन

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसले आफ्नो विभिन्न भातृ तथा शुभेच्छुक संस्था र टोल समितिहरु गठन गरेको छ ।

पार्टीका ४ नं वडा सभापती श्याम प्रकाश राईको अध्यक्षतमा आज बसेको वृहत भेलाले कुमारी विकको अध्यक्षमा नेपाल दलित संघ,कल्पना दवाडीको अध्यक्षतामा नेपाल महिला संघ, चन्द्र वहादुर वस्नेतको अध्यक्षमा नेपाल किसान संघ, विजय शेर्पाको अध्यक्षमा नेपाल आदिवासी जनजाती संघ गठन गरेको वडा सचिव सुष्मा गुरुगले जानकारी लदिनुभयो। यस अघि विभिन्न पाच वटा भातृ संस्थाहरु गठन गरिसकिएको विष्णु गुरागाईले वताउनु भयो । भेलाले सुवास गुरुङको सभापतित्वमा जाल्पादेवी मावि बुध समिति गठन गरेको छ भने सात वटा विभिन्न टोल समितिहरु गठन गरेको समेत वडा सहसचिव अनिल खड्काले वताउनु भयो ।

भेलालाई सम्बोधन गर्दै नेपषर्टीका जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग, सदस्य निलम थापा,पाख्रिवास नगर कार्य समितिका सचिव सन्तोष मानन्धर,सहसचिव इन्दिरा कार्की,नेपाल तरुण दल पाख्रिवास नगर कार्य समितिका अध्यक्ष रवी राई लगायतले नेपाली कांग्रेसको सक्रियता पाख्रिवासमा बढ्दै गएकाले अव नेपाली कांग्रेसले निर्वाचन जित्न सक्ने संगठन निर्माण भएको वताए।

कार्यक्रममा स्वागत मन्तव्य वडा उपसभापती विष्णु गुरागाईले राख्नुभएको थियो भने संचालन सहसचिव अनिल खड्काले गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।