कांग्रेस धनकुटा नगरपालिका वडा नं ६ मा वडा पार्टी कार्यालय उद्घाटन
धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरपालिका वडा नं ६ मा वडा पार्टी कार्यालय उद्घाटन गरेको छ । भिम नारायण चौक स्थित सिरान बजारमा स्थापित वडा कार्यलयको उद्घाटन पार्टीका ६ नं वडा सभापती रुपेश श्रेष्ठको अध्यक्षतमा सञ्चालित कार्यक्रमको वीच जिल्ला सभापति दिनेश राईले गर्नु भएको हो ।
कार्यलय उद्घाटन कार्यक्रममा बोल्दे उहाँले जिल्लामा संगठन विस्तार गरी सुदृढ गर्दै बलियो कांग्रेस बनाउने बताउनु भयो । वडा कार्यलय त्यस्तै आगामी निर्वाचन कांग्रेसले जित्ने निश्चित भएको जिल्ला सचिव विजय सन्तोषी राईले बताउनुभयो ।
अहिले जिल्लाभर जनमत सिर्जना हुदै गएकाले अवको चुनावमा कांग्रेसको जित हुने उहाँले स्पष्ट पार्नुभयो । पार्टीका जिल्ला सदस्य, महाधिवशेन प्रतिनिधि,क्षेत्रिय सभापती ,प्रदेश उपसभापती,धनकुटा नगर सभापती तथा निर्वाचित वडाध्यक्ष ,पूर्व नगर सभापती लगायतको उपस्थिती रहेको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति महेन्द्र राईले राख्नु भएको थियो । सञ्चालन सचिव अनिता लुईटेलले गर्नु भएको थियो ।
२५ वर्षदेखि समुदायस्तरबाट सञ्चालित लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज
लमजुङ, १ माघ/२५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज भएको छ ।नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार २२ पुसमा बसेकाे नेपाल विद्युत प्राधिकरणको बोर्डको बैठकले सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गतको लमजुङ विद्युत उपभोक्ता संस्थासँग भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता रद्द गरेको हो ।
उनका अनुसार यसअघि सामुदायिक ग्रामीण विद्युतिकरण निर्देशक समितिको ४ पुसकाे १३५औँ बैठकबाट निर्णय अनुसार कार्य सम्पन्न गर्ने गरी निर्णय भएको थियो । प्रादेशिक कार्यालय पोखरा मातहत लमजुङ वितरण केन्द्र अन्तर्गत रहेको उपभोक्ता संस्थाको सम्झौता रद्द गरी नेपाल विद्युत प्राधिकरणबाट विद्युत सेवा सञ्चालन हुने भएको हो ।
बैठकले संस्थाको मातहतमा रहेका विद्युतीय संरचना तथा जनशक्ति प्राधिकरणमा हस्तान्तरण गर्ने सम्बन्धमा व्यवस्थापनबाट अध्ययन गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । संयुक्त मिटर रिडिङ गर्ने दिनसम्मको सम्पूर्ण विद्युत महसुल लगायत विद्युत उपभोक्ता संस्थाबाट प्राधिकरणलाई बुझाउनुपर्ने सम्पूर्ण बक्यौता रकम वितरक संस्थाबाट असुल उपर गर्ने गरी निर्णय भएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले बताइन् । २०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाको करिब ३५ हजार भन्दा बढी ग्राहक रहेका छन् ।


