जनता संग कांग्रेस र घर घरमा कांग्रेस पुग्ने अभियान संचालन गर्ने
धनकुटा । धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा चुनाव जित्न नेपाली कांग्रेस धनकुटाले पहिलो भेला तथा बैठक गरी जनता संग कांग्रेस र घर घरमा कांग्रेस पुग्ने अभियान संचालन गर्ने निर्णय गरेको छ ।
पार्टीको १४ औ महाधिवेशन अन्र्तगत क्षेत्रिय अधिवेशनबाट निर्वाचित निर्वाचन क्षेत्र (क) का पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण र पहिलो पटक तथा भेलामा निर्वाचन जित्ने रणनीति तयार गरी अगाडी बढाउन विभिन्न निर्णयहरु गरेको सभापती जितेन्द्र राईले वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापती सुनिल कुमार डंगोल,सचिव विजय सन्तोषी राई पूर्व जिल्ला कार्य समितिका सदस्यहरु लाखमान राई,भुपेन्द्र कटुवाल,नेताहरु राजेन्द्र घिमिरे,राजेश्वर वहादुर श्रेष्ठ,धन वहादुर खड्का,पदम वहादुर राई लगायतले कांग्रेसलाई जिताउन अव नयाँ कार्यक्रमका साथ अगाडी बढ्नु पर्नेमा जोड दिए ।
निर्वाचन क्षेत्र नं (क) का उपसभापतीद्धय मिलन खड्गी,नगेन्द्र राई,जिल्ला सचिव सञ्जय राई लगायतले कांग्रेसलाई अव रुपान्तरण गर्न अावश्यक रहेकाे बताएका थिए । मिना पोखरेललाई निर्वाचन क्षेत्र (क) क्षेत्रिय कार्य समितिको कोषाध्यक्षमा मनोनित गर्ने निर्णय सेमत गरेको सभापती जितेन्द्र राईले वताउनु भयो ।
क्षेत्रिय कार्य समितिका पदाधिकारीलाई प्रमाण पत्र प्रदान गर्दै टिका तथा खादा लगाई बधाई ज्ञापन गरिएकाे थियाे ।


