मैत्रीपूर्ण खेललाई हलुका लिनु हुँदैन : कप्तान किरण

काठमाडौं, १४ माघ /नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ)ले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने बताएका छन् । खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै ३२ वर्षीय कप्तान किरणले मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिन नहुने र यसबाट धेरै सिक्नुपर्ने प्रतिक्रिया दिए ।

‘मैत्रीपूर्ण खेललाई हलुका ढंगले लिनु हुँदैन । नतिजा पनि चाहिन्छ । यसबाट हामीले सिक्नु पर्नेछ । हामी तयारी छौं,’ नेपालका सर्वाधिक क्याप जित्ने खेलाडी समेत रहेका किरणले भने । नेपालले भोलि (शनिबार) दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दोस्रो खेल मंगलबार हुनेछ । दुवै खेल झास पौने ५ बजे सुरुहुनेछ ।

यसअघि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलका लागि फरक टोली घोषणा गर्दै ३४ खेलाडीनै अवसर दिएका छन् । उनले दुवै टोलीमा १२ खेलाडीलाई मात्रै मौका दिएका छन् । कप्तान किरण भने दुई दिन अघिमात्रै मालदिभ्सबाट टोलीमा जोडिएका थिए । मालदिभ्स क्लब माजिया एससीमा आबद्ध किरणले दुई दिनको प्रशिक्षण हेर्दा खेलाडी फिट रहेको र लिग खेलिरहेका कारण पनि खेलाडी शारीरिक र मानसिक रूपमा फिट भएको प्रतिक्रिया दिए ।

‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु । सबैले लिग खेलिरहेका छन् । त्यसैले सबै शारीरिक र मानसिक रूपमा फिट छन्,’ किरणले भने । यस्तै कप्तान किरणले मौरिसस पहिलो अफ्रिकन प्रतिद्वन्द्वी भएको र जितका लागि खेल्ने बताए । ‘इतिहासमै पहिलो पटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं । फरक अनुभव हुनेछ । हाम्रो टिम तयार छ । हामी जित्नकै लागि खेल्छौं,’ उनले भने ।

यता, प्रशिक्षक अब्दुल्लाह भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् । उनको स्थान सहायक प्रशिक्षक किरण श्रेष्ठले लिएका थिए । उनले मौसिससँग टोली तयारी रहेको र पुराना गल्ती सुधार गर्दै जितका लागि खेल्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।