भीरगाउमा नेपाली कांग्रेसको पक्षमा जनलहर

धनकुटा । धनकुटाको भीरगाउमा नेपाली कांग्रेसको जनलहर उर्लिएको नेताहरुले बताएका छन् । भीरगाउमा हिजो आयोजित सम्पूर्ण टोलबस्ति समिति घोषणा कार्यक्रममा बाेल्दै नेताहरुले त्यस्ताे वताएका हुन् ।

धनकुटा नगरपालिका २ भीरगाउमा जम्मा २३ वटा टोल वस्ति रहेकोमा सवै टोल वस्तीहरुमा १५ सदस्यीय कार्य समिति गठन गरी परिचालन गरेपछी कांग्रेसको पक्षमा जनलहर उर्लिएको नेताहरुले स्पष्ट पारेका छन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटका जिल्ला सभापती दिनेश राईले जिल्ला भरीनै कांग्रेसको पक्षमा जनलहर उर्लिदै गएकाले अव कांग्रेसलाई कसैले पनि हराउन नसक्ने वताउनु भयो ।

त्यस्तै जिल्ला सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेस कै नेतृत्वमा अव मुलुकको आर्थिक समृद्धी हुने वताउदै भीरगाउको विकास पनि गर्ने वताउनु भयाे । पार्टीका २ नं वडा सभापती राज कुमार राईको अध्यक्षतमा सम्पन्न नेपाली कांग्रेसका क्षेत्रिय सभापती क्षेत्र नं. ख का राजन पौडेल,धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ,उपसभापती अमित तामाङ लगायतले परिर्वतनको सम्वाहक नै कांग्रेस भएकोले जिल्लाको विकास र समृद्धी पनि कांग्रेस नै गर्ने बताए ।

कार्यक्रमको संचालन वडा सचिव योगेन्द्र भण्डारीले गर्नु भएको थियो । स्वागत मन्तव्य तरुण दलका वडा अध्यक्ष ललित घिमिरेले राख्नु भएकाे थियो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सदस्य राधना आङ्दम्वे, क्षेत्र नं (क) का उपसभापती मिलन खड्गी,प्रदेश सभा क्षेत्रिय कार्य समितिका सदस्य पुरन राई लगायतले कांग्रेसलाई विजयी गराउन सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रमा कांग्रेस वडा नं. २ वडा समितिले पार्टीका जेष्ठ तथा सक्रिय अभिभावकहरसलाई सम्मान गरेको थियो भने टोल समितिका पदाधिकारी र सदस्यहरुलाई अभिनन्दन गरेको थियो ।

यसैबीच सयपत्री यूवा क्लव भीरगाउले आज देखी संचालन गरेको सूर्य वहादुर थापा स्मती गोल्ड कप खुल्ला फुटवल प्रतियोगिताको पनि जिल्ला सभापती राईले उद्घाटन गर्नु भयो । प्रतियाेगितामा वीहिवार शाे म्याच मात्र भएका थिए ।

प्रतियाेगितामा जम्मा ११ टिमले भाग लिने क्लवको संरक्षक तथा सल्लाहकार राज कुमार राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।