धनकुटामा स्थानिय निर्वाचन २०७४ मा कुन दलको अवस्था कस्तो ? मत परिणम सहित
धनकुटा । सरकारले स्थानिय तहको निर्वाचन घोषण गरि सकेको छ । कुनै संकट नआएका २०७९ बैशाख ३० गते ७ सय ५३ स्थानिय तहमा निर्वाचन हुने छ । विस्तारै निर्वाचनका अड्कल बाजी समेत सुरु भई सकेका छन् । ३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा स्थानिय निर्वाचन २०७४ मा धनकुटाका सबै ७ वटै स्थानियतहमा नेकपा एमाले प्रमुख उपप्रमुख पदमा बिजयी भएको थियो । त्यस वेलाको परिणम र अहिलेको राजनैतकि अवश्थाका आधारमा धनकुटा खवरले गरेको विश्लेशण ।
तत्कालिन खाल्सा छिन्ताङ्ग शहिदभूमी गाउँपालिका हालको शहिदभूमीगाउँ पालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए उनले ४ हजार ५४ मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेदवारले १ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए त्यस्तै तेस्रो स्थानमा रहेको कांग्रेसले १ हजार ५ सय १ मत प्राप्त गरेको थियो । त्यस्तै फोरमले १ सय ४, राप्रपाले ५१, फोरम लोकतान्त्रिकले ३५ मत प्राप्त गरेको थियो । यो नतिजा लाई हेर्ने हो भने यस गाउँपालिकामा एमाले नै सशतm देखिन्छ । तर पाटी फुटको असर र उम्मेदवार को हुन्छ भन्नेले पनि चुनावमा महत्व राख्ने गर्दछ । यस गाउँपालिकामा वडा न.१ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका थिए भने अन्य सबै पदमा एमाले नै विजयी भएको थियो ।
त्यस्तै चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार ३ हजार ७ सय ८२ मत ल्यायी बिजयी भएका थिए । त्यहाँ कांग्रेस उम्मेदवार करिब ५ सय मतले पछाडी रहेका थिए उनले ३ हजार २ सय ७९ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादीका उम्मेदवारले ९ सय ८९ मत प्राप्त गरेका थिए । त्यस्तै संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका उम्मेदवारले मात्र ८ मत प्राप्त गरेका थिए । यस गाउँपालिका उम्मेदवारको हुने भन्नेले बिजयीको लागि महत्व राख्ने गर्दछ ।
त्यस्तै छथरजोरपाटी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । उनले ३ हजार ३ सय ४९ मत प्राप्त गरेका थिए । दोस्रोमा रहेको माओवादी केन्द्रका उम्मेदवारले १ हजार ५ सय ३१ मत, राप्रपा उम्मेदवारले १ हजार ४ सय ५१, कांग्रेस उम्मेदवारले ४ सय १६, फोरमले २५,संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका उम्मेदवारले ७६ मत प्राप्त गरेका थिए । यस गाउँपालिकामा यो परिणमले एमाले बलियो देखिन्छ । तर राप्रपाको ठूलो समुह कांग्रेस प्रवेश गरेको र एमालेमा आएको फुट र पाटीले बनाउने उम्मेदवारले पनि यहाँको परिणम लाई फरक गर्न सक्ने स्थानिय नेताहरु बताउँछन् ।
साँगुरीगढी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । त्यहाँ एमालेले ४ हजार ४ सय ४९ मत प्राप्त गरेको थियो । दोस्रो कांग्रेसले ३ हजार ३ सय ३३, माओवादीले ६ सय ९५, राप्रपाले ४ सय ७९ , फोरम लोतान्त्रिकले ११ र संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका उम्मेदवारले २२ मत प्राप्त गरेका थिए । त्यस्तै धनकुटा नगरपालिका प्रमुखमा एमाले उम्मेदवार विजयी भएका थिए एमालेले ४ हजार ९ सय ३३ दोस्रो कांग्रेस उम्मेदवारले ४ हजार ८ सय १९, माओवादी उम्मेदवार २ हजार ५ सय ३७, राप्रपाले २ सय ८४, तत्कालिन नयाँ शतिmले ५४ फोरम लोकतान्त्रिकले ८, जनमोर्चाले १०, संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चले ३५ मत प्राप्त गरका थिए । यस नगरपालिकामा भने यो निर्वाचानमा पनि कडा प्रतिश्पर्धा हुने देख्न्छि ।
त्यस्तै पाख्रिवास नगरपालिकामा एमालेकै उम्मेदवार प्रमुखमा बिजयी भएका थिए एमालले ४ हजार ४ सय ३९ मत प्राप्त गरेको थियो दोस्रो कांग्रेसले १ हजार ६ सय २८, राप्रपाले १ हजार ५ सय ६५, माओवादी केन्द्रले १ हजार ६, फोरम नेपालले ६० जनमुतिm पाटीले ३९ मत प्राप्त गरेका थिए । महालक्ष्मी नगरपालिकामा एमाले उम्मेदवार प्रमुखमा विजयी भएका थिए । तथ्यायक लाई हेर्दा कुनै स्थानिय तहमा प्रमखले पाएको मतमा उपप्रमुखले पाएको मत फरक रहेको छ ।
यसरी हेर्दा २०७४ मा सबै स्थानिय तहमा एमाले बलियो देखिएको छ तर स्थानियतहले गरेका ५ बर्षका काम, जिल्लामा थपिएका मतदाता, पाटी फुट जुट , पाटीले निर्वाचनका लागि उठाउने उम्मेदवार, चुनावमा हुन सक्ने गठबन्धन लगायतका कुराले आगामी निर्वाचनको परिणम कस्तो हुन्छ भन्ने देखाउने छ । (उल्लेख भएको मत परिणमको स्रोत जिल्ला निर्वाचन कार्यलय धनकुटाले प्रकाशन गरेको स्थानियतह निर्वाचन २०७४ एक झलक बाट )


