छथरजोरपाटी गाउँपालिकामा स्थानिय तह निर्वाचन २०७४ कुन दलको वडा अध्यक्षले कति मत प्राप्त गरेका थिए (मत सहित)
धनकुटा,२७ माघ । सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरि सकेको छ । कुनै संकट नआएमा २०७९ बैशाख ३० गते ७ सय ५३ स्थानिय तहमा निर्वाचन हुने छ । विस्तारै निर्वाचनका अड्कलबाजी समेत सुरु भई सकेका छन् । यसै सन्दर्भमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाको वडा अध्यक्ष पदमा कुन राजनैतिक दलको अवस्था स्थानिय निर्वाचन २०७४ मा कस्तो थियो ? त्यस वेलाको परिणाम र अहिलेको राजनैतकि अवस्थाका आधारमा धनकुटा खवर ले गरेको विश्लेषण ।
६ वटा वडा रहेको छथरजोरपाटी गाउँपालिकाको वडा न १ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ४ सय ४४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले २ सय ५०, माओवादी केन्द्रका उम्मेदवारले २ सय ३४, राप्रपाका उम्मेदवारले २ सय ३७, संघिय लोकतान्त्रिक मन्चका उम्मेदवारले १९ मत प्राप्त गरेको थिए ।
वडा न २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा माओवादी केन्द्रका उम्मेदवारले ४ यस ९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका उम्मेदवारले ४ सय ९८ मत प्राप्त गरेका थिए एमालेका वडा अध्यक्षका उम्मेदवार १ मतले पराजीत भएका थिए वडा सदस्यहरुमा एमालेका उम्मेदवार विजयी भएका थिए । त्यस वडामा नेपाली कांग्रेसका उम्मेदवारले २ सय २३ मत प्राप्त गरेको थिए ।
वडा न ३ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ६ सय ४७ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले ७८ मत प्राप्त गरेका थिए , माओवादी केन्द्रका उम्मेदवारले ७१ , राप्रपाका उम्मेदवारले २ सय २८ मत प्राप्त गरेका थिए ।
वडा न ४ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ४ सय ६७ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले १ सय १९, माओवादी केन्द्रका उम्मेदवारले ६७ , राप्रपाका उम्मेदवारले १ सय ६२ मत प्राप्त गरेका थिए ।
वडा न ५ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ५ सय ६२ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले ७९ , माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३०, राप्रपाका उम्मेदवारले २ सय ५३ मत प्राप्त गरेको थिए ।
वडा न ६ मा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यस वडामा एमालेका वडा अध्यक्षका उम्मेदवारले ५ सय ९९ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवारले ८० , माओवादी केन्द्रका उम्मेदवारले ५ सय ६० , राप्रपाका उम्मेदवारले १ सय १६ मत प्राप्त गरेको थिए ।
यसरी हेर्दा यस गाउँपालिकाका वडाहरुमा नेकपा एमाले २०७४ मा बलियो देखिएको छ तर स्थानिय तहले गरेका ५ बर्षका काम, जिल्लामा थपिएका मतदाता, पार्टी फुट-जुट , पार्टीले निर्वाचनका लागि उठाउने उम्मेदवार, चुनावमा हुन सक्ने गठबन्धन लगायतका कुराले आगामी निर्वाचनको परिणाम कस्तो हुन्छ भन्ने देखाउने छ ।
(उल्लेख भएको मत परिणमको स्रोत जिल्ला निर्वाचन कार्यालय धनकुटाले प्रकाशन गरेको स्थानिय तह निर्वाचन २०७४ एक झलक बाट )


