सूर्य बहादुर थापा स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नवप्रतिभा युवा क्लब भीरगाउँलाई

धनकुटा । धनकुटा नगरपालिका २ भिरगाउँमा सञ्चालित सूर्य बहादुर थापा स्मृति गोल्ड कप फुटबल प्रतियोगिता नवप्रतिभा युवा क्लब साविक वडा नं ९ भीरगाउँले जितेको छ ।

प्रतियोगिताको फाईनलमा मार्से युवा क्लव छथरजोरपाटी गाउँपालिका सँग भिडेको उस्ले ०-४ गोल अन्तरले जित हाँसिल गरेको हो । जित सँगै नव प्रतिभा युवा क्लबले नगद १ लाख सहित ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।

उप विजेतामा मार्से युवा क्लवले नगद ५० हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र पुरस्कार पाएको प्रतियोगिता आयोजक सयपत्री युवा क्लबका सदस्य सन्तोष राईले जानकारी दिनुभयो । सूर्य बहादुर थापा प्रतिष्ठान काठठमाण्डौको सहयोगमा गत माघ २० गते देखी सञ्चालन भएको प्रतियोगितामा धनकुटा जिल्लाका विभिन्न पालिकाका १६ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजयी क्लबलाई नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राई,प्रदेश सभा (ख) क्षेत्रिय सभापति राजन पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।